उत्तम पोख्रेल ।  मोरङको बेलबारी नगरपालिका वडा नम्बर ६ ले सत प्रतिशत काम सकेको छ ।

वडाले २७ वटा योजना छनोट गरेकोमा सवै काम सकिएको वडा समितिको कार्यालयले जनाएको छ । २५ लाखका २ वटा योजना तथा अन्य २५ वटा योजना सम्पन्न गरी सकेको वडा नम्बर ६ का वडा अध्यक्ष उदय वहादुर राई (राजु)ले बताए ।

सम्पन्न भएका योजनाहरुमा डेढ सय हेक्टर क्षेत्रफलमा खेति हुने गरी धैति खोला बांंध, सोमबारे बजारलाई ब्यबस्थित गर्नका लागि टहरा निर्माण आदि छन् । त्यस्तै सडकको स्तर उन्नती गा्रभेल लगायतका काम सकिएका छन ।त्यसैगरी कृषकलाई प्रोत्साहन गर्न यस वडाले ५० मन धानको बिउ समेत बितरण गरेको छ । खेतियोग्य जमिन बिउ तथा सिचाईको अभावका कारण बाझो हुनु नपरोस भन्ने उदेश्यका साथ बिउ बितरण गरेको वडा कार्यालयले जनाएको छ ।

सुसासन तथा बाल मैत्रि नगर बनाउनका लागी अभियान सुरु गर्ने देखि महिलाहरुलाई लक्षित गरेर गुडिया बनाउने तालिम समेत दिएको अध्यक्ष राइले बताए ।

वडा बासिलाई सुचना उपल्बध गराउने उदेश्यका साथ १० वटा सुचना पाटीको ब्यबस्था गरीएको अध्यक्ष राईको भनाई रहेको छ । सचार माध्यमको पहुच नपुगेका वडा वासीलाई सुचना उपल्बध गराउने उदेश्यका साथ सुचना पाटीको स्थापना गरीएको हो ।

2,835 total views, 15 views today

तपाईको प्रतिक्रिया