उत्तम पोख्रेल / गाँउ गाँउमा सिंहदरवार लिएर आएको स्थानिय सरकारले बिकास निर्माण तथा नगरका गतिबिधि बढाउन टोल टोलमा जनतालाई जागरुक बनाउन थालेको छ ।

चुनावका बेला घर घरमा गएर भोट मागे जस्तै अहिले टोल टोलमा गएर बिकास निर्माण तथा अन्य गतिबिधिमा हातेमालो गर्न थालेको छ । आफनो गाउ आफै बनाउ भन्ने मुल नारालाई लिएर बेलबारी नगरपालिकाले टोल बिकास सस्था मार्फत बिकास निर्माणलाई जोड दिन थालेको छ ।

टोल बिकसा सस्था मार्फत नगरका बिकास निर्माणमा जोड दिईने बेलबारी नगरपालिकाका प्रबक्ता योगेन्द्र सुबेदीले बताए । आफनो टोलको गाँउको बिकास गर्न टोल बिकास सस्थाहरुको परिचालन गर्न थालेका छौ प्रबक्ता सुबेदीले भने अहिले नगरवासिहरु पनि आ आफनो टोलमा सगठित भएर योजना माग गर्न आउन थालेका छन । साना जनप्रतिनिधको रुपमा हेरीएका टोल बिकास सस्थाहरु समेत सकृय हुन थालेका छन ।

बिकास निर्माण मात्रै नभई सामाजिक काममा समेत टोल बिकास सस्थाहरुले काम गर्न थालेका छन । लागु औषध नियन्त्रण देखी बाटो पैनि बजार टोलको सरसफाई गर्ने काम समेत टोल बिकास सस्थाहरु अग्रसर हुन थालेका छन । लागु औषध नियन्त्रण तथा युवाहरुलाई दरुब्यसनी बाट हटाउने बिषयमा सुन्दर टोल बिकास समितिले प्रहरीसंग छलफल समेत गरेको छ ।

आफनो टोलको बिकास गर्नका लागी आफै जुटनु पर्ने रहेछ सुन्दर टोल बिकास सस्थाका अध्यक्ष अर्जुन राइले भने आफनो गाँउ बनाउन हामी आफै लागेका छौ । आफनो गाँउ टोलको बिकासमा आफै लागे मात्रै हुने रहेछ अध्यक्ष राईले भने अब आफनो गाँउ आफै बनाउछौ । गाँउको बिकासका लागी राज्यले हेरेको थिएन अहिले हेर्न थाल्यो उनले भने यसरी जनतालाई अगाडि बढाउने हो भने देशले फडको मार्न समय लाग्दैन ।

टोल बिकास सस्थाका पदाधिकारीहरुलाई नगरपालिकाले अन्तरक्रिर्यानै दिन थालेको छ । ब्यावसायिक बनाउने देखि बिकास निर्माण मा सहभागी बनाउनका लागी अनतरक्रिर्या दिन थालेको नगरपालिकाका सुचना अधिकृत महेन्द्र खडकाले बताए ।

जनताकै सहभागीतामा समुनत नगर बनाउने लक्ष्य नगरपालिकाले लिएको अधिकृत खडकाले बताए । टोल बिकास स्थाहरुले मासिक बचत गर्न समेत थालेका छन । टोलमा साना तिना काम टोल बिकास सस्थालेनै गर्न थालेका छन । सहकारीको रुप समेत टोल बिकास सस्थाले लिन थालेका छन ।

2,532 total views, 18 views today

तपाईको प्रतिक्रिया