पाँच पटकको विजेता ब्राजिललाई २-१ ले पराजित गर्दै   ३२ वर्षपछि बेल्जियम विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

रसिया विश्वकप  अन्तर्गत शुक्रवार भएको दोस्रो क्वाटरफाइनल खेलमा बेल्जियमले ब्राजिललाई २-१ ले हराएको हो ।

खेलको १३ औँ मिनेटमै ब्राजिलका फर्नान्डिन्होले  आत्मघाती गोल गरेपछि बेल्जियमले अग्रता लिएको थियो । बेल्जियमको लागि ३१ औँ मिनेटमा केभिन डे ब्रुएनाले गोल गर्दै  अग्रता दोब्बर पारेका थिए ।

बेल्जियमले अब सन् १९९८ को च्याम्पियन फ्रान्सँग सेमिफाइनल खेल्नेछ। फ्रान्स उरुग्वेलाई २-० ले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो।

यसअघि बेल्जियम सन् १९८६ मा पहिलो पटक सेमिफाइनल पुगेको थियो। बेल्जियमले ब्राजिललाई विश्वकपमा पराजित गरेको  पनि पहिलो पटक हो। सन् १९६५ मा भएको पहिलो खेलमै ब्राजिललाई पराजित गरेको बेल्जियम त्यसयता लगातार ३ खेलमा ब्राजिलसँग पराजित भएको थियो। विश्वकपमा यसअघि सन् २००२ मा भएको अन्तिम १६ को खेलमा ब्राजिलले बेल्जियमलाई २-० ले हराएको थियो।

फ्रान्स पनि सेमिफाइनलमा 

दुई पटक विश्वकप जितिसकेको उरुग्वेलाई हराउँदै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ।

पहिलो हाफमा फ्रान्सका लागि भरानेले ४० औं मिनेटमा एन्टोनि ग्रिजमेनको सहयोगमा हेडिङमार्फत पहिलो  गोल गरेका थिए । खेलको ६२ औं मिनेटमा तोलिसोले दिएको पासलाई ग्रिजमेनले हिर्काएको सटले गोल पोष्ट चुमेपछि फ्रान्स २-  ० को अबस्थामा पुुुुगेको थियो ।

जितसंगै फ्रान्स १२ वर्षपछि सेमिफाइनलमा प्रवेश गरेको हो। अब फ्रान्सले ब्राजिल र बेल्जियमसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ।

विश्वकपमा यो उरुग्वेमाथि फ्रान्सको पहिलो जित हो। फ्रान्सले १९९८ मा होम ग्राउन्डमा विश्वकप उचालेको थियो।

4,517 total views, 14 views today

तपाईको प्रतिक्रिया