अम्बिका भण्डारी / बेलबारी नगरपालिकाले ९३ बर्षमाथिका ६३ जना वृद्धवृद्धाहरुलाइ सम्मान गरेको छ ।

आर्थिक बर्ष २०७३/०७४ को नगरसभाबाट पारित भएको सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत उनीहरूलाई सम्मान गरिएको हो । ज्ञानेन्द्र सुवेदीको सभापतित्वमा भएको सम्मान कार्यक्रममा पुर्व सांसद हर्कमान तामाङ लगायत  जनप्रतिनिधिहरुको समेत आतिथ्यता थियोे ।

सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत वृद्धबृद्धाहरुको स्वास्थ्य परिक्षण र सम्मान गर्ने कार्यक्रम तय भएकोमा स्वास्थ्य परिक्षण यसअघि नै गरिसकिएको बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले जानकारी दिनुभयो ।

मंगलबार नगरपालिका परिसरमा सम्मान कार्यक्रम तय गरिएको भएपनि बर्षाका कारण सो कार्यक्रम मदन आश्रित भवनमा गरिएको थियोे ।  बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी लगायतले वृद्धबृद्धाहरुलाई सामुहिक रूपमा दोसल्ला ओढाएर सम्मान गरेका छन्  । त्यसैगरी  वृद्धबृद्धाहरुलाई फुलको माला सहित नगद १ हजार, स्टील लौरो, आधाकिलो हर्लिक्स र १ किलो जुस दिइएको छ ।

कार्यक्रममा सम्मानित हुनेमध्ये वृद्धबृद्धाहरु मात्रै उपस्थित थिए । सम्मान कार्यक्रममा उपस्थित हुन असमर्थ वृद्धबृद्धाहरुलाई घरमै गएर सम्मान गरिने नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बताउनुभयो ।

सम्मानित वृद्धबृद्धाहरु सम्मानित हुंदा निकै उत्साहित देखिन्थे । सम्मानित मध्येका वृद्धा डम्बर कुमारीले सम्मानित नगरपालिकाको सम्मान पाउँदा आफुहरु धेरै खुशी भएको बताइन् ।

2,429 total views, 2 views today

तपाईको प्रतिक्रिया