दामोदर दाहाल / विदेशवाट फर्केका व्यक्तिहरुको सक्रियतामा आगामी असार २७ गते प्रवासबाट फर्केका व्यक्तिहरुको अधिराज्यव्यापी भेला हुने भएको छ ।

काठमाडौंको रास्ट्रिय सभा गृहमा हुने भेलाको आयोजना भने रास्ट्रिय युवा परिषदले गरेको  छ। वैदेशिक रोजगारी टुंग्याएर स्वदेश फर्केका जो कोहि व्यक्ति उपस्थित हुन सक्ने उक्त भेलामा देशभरिबाटै सहभागिता हुने भेला आयोजना गर्न सक्रिय रहेका उत्तम अधिकारीले  जानकारी दिएका छन ।

भेलालाई व्यवस्थित बनाउन आगामी असार २० गते भित्र फारम भरेर पठाएका व्यक्तिहरुलाई मात्र प्रवेश दिईने र उनीहरुका निमित्त प्रवेश कार्डको व्यवस्था गरिने आयोजकले जनाएको छ । भेला सफल बनाउन सामाजिक संजाललाई प्रयोग गर्दै ग्रुप निर्माण गरी अधिकांश जिल्लाका व्याक्तिहरु जोडिने क्रम जारी रहेको र दिनहुँ फारम भरेर पठाउने काम समेत तीव्र गतिमा भएको जानकारी अधिकारीले दिएका छन ।

भेलामा वैदेशिक रोजगारबाट फर्किएका पुर्ब प्रबासी नेपालीहरुको वर्तमान अबस्था, यस वर्गलाई  राज्यले गर्ने सम्बोधन र यसको दुरगामी असर,  बिदेशबाट फर्किएका नेपालीलाई पुनः विदेश फर्किनबाट रोक्ने रणनीति, नयाँ कामदारलाई विदेश जानबाट रोक्ने उपाय,  सहयोग वा अनुदान वा राज्य र यो वर्गको संयुक्त लगानीमा परियोजना संचालन लगायतका थुप्रै विषयको सवाल उठान हुने प्रवासबाट फर्केका अगुवाहरुले जानकारी दिएका छन ।

भेलामा सहभागी हुन तलको लिन्कमा क्लिक गरेर अनलाइन फारम भर्न सकिने छ।

https://docs.google.com/forms/d/e/1FAIpQLSeLO5t2aVNHbRdaAeZNITrNFx0kqnriJ6twVIJfHNvw0nhqKg/viewform?c=0&w=

1,637 total views, 32 views today

तपाईको प्रतिक्रिया