मेक्सिकोलाई २-०  हराउँदै ब्राजिल क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

मध्यान्तरसम्म बिना कुनै गोल बराबरी रहेको खेलमा ५१ औँ मिनेटमा नेमारले पहिलो गोल गरेका थिए । विलियनको क्रसमा नेमारले बललाई जाली चुमाउन सफल भएका थिए । खेलको ८८ औँ मिनेटमा  नेमारकै पासमा फर्मिनोले दोस्रो गोल गरेका थिए ।

योसँगै मेक्सिकोविरुद्ध विश्वकपमा भएका पाँच खेलमा ब्राजिलले चार जित गर्न सफल भएको छ । मेक्सिकोले भने ब्राजिलविरुद्ध एक बराबरी गरेपछि अहिलेसम्म गोल गर्न सकेको छैन ।

हारसंगै मेक्सिको लगातार सातौँ पटक राउन्ड अफ १६ बाट बाहिरिएको छ ।

4,260 total views, 3 views today

तपाईको प्रतिक्रिया