पेनाल्टी सुटआउटमा स्पेन गोल गर्न चुकेपछि  आयोजक रसिया बिजयी भएको छ भने क्रोएशीया तथा डेनमार्कबीचको खेलमा डेनमार्क  पराजीत भएको छ।

दुवै खेलमा निर्धारित ९० मिनेटको खेल एक-एकको बराबरीमा सकिएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा पुगेका थिए  । अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि दुवै खेल टाइब्रेकरमा पुगे ।

 

टाइब्रेकरमा पुग्नु अघि क्रोएशियाले खेलको ११७ औं मिनेटमा पेनाल्टीको अवसर पाएको थियो तर लुका मोड्रिकले प्रहार गरेको पेनाल्टीलाई  डेनमार्कका गोलरक्षक कास्पर सेमिचेल उत्कृष्ट बचाउ गरे जसका कारण खेल टाइब्रेकरमा पुग्‍यो।

क्रोएशिया र डेनमार्कले पहिलो हाफमा दुबै देश १-१ गोलको बराबरीमा रोकिएका थिए र दोश्रो हाफमा कुनै गोल हुन सकेन।खेलमा पहिलो अग्रता डेनमार्कले लिएको थियो। उसले खेलको दोश्रो मिनेटमा नै गोल गरेका थियो ।

डेनमार्कका लागि ओर्गेनसनले सो गोल गरेका थिए। तर उसको अग्रतालाई क्रोएशियाका म्यान्डुजेकले दुई मिनेट पनि टिक्न दिएनन्। खेलको चौथो मिनेटमा नै उनले बराबरी गोल फर्काएका थिए । क्वाटरफाइनलमा क्रोएशियाको भेट आयोजक रसियासँग हुनेछ।

पहिलो खेलमा रसियाले सन २०१० को विश्व विजेता स्पेनलाई पेनाल्टी सुटआउटमा ४–३ को गोल अन्तरले पराजित गर्दै  अन्तिम आठमा पुगेको छ ।

निर्धारित ९० मिनेटमा दुवै टिमले १–१ गोल गरेपछि खेल थप ३० मिनेटसम्म खेलाइएको थियो । तर अतिरिक्त समयमा पनि दुवै टिमले गोल गर्न नसकेकाले खेलको छिनोफानो पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

पेनाल्टी सुटआउटमा स्पेनका लागि आन्द्रेस इनिस्टा, जेरार्ड पिके र सर्जियो रामोसले गोल गरेपनि कोके र इस्पासका प्रहारलाई रसियाका गोलकिपरले बचाएका थिए  ।

रसियाका स्मोलोभ, सेर्जेइ इंग्नासेभिच, गोलोभिन र चेरिसेभको गोल गरेका थिए ।
खेलको १२ औं मिनेटमा रसियाका सेर्गी इगन्सचेविकको आत्माघाती गोलमा स्पेनले अग्रता लियो । उनले डी एरियामा क्लियर गर्न लागेको बल सिधै गोलपोस्टभित्र छिरेपछि स्पेन १–० ले अग्रता लिएको थियो ।

खेलको ४१ औ मिनेटको रसियाका आर्तेन डेजुबाले पेनाल्टीमार्फत गोल गर्दै १–१ को अवस्थामा पुर्याएका थिए । स्पेनका जेरार्ड पिकेले आफ्नै डिबक्सभित्र हेड गर्ने क्रममा हालले बल छोएपछि रेफ्रीले पेनाल्टी दिने निर्णय गरेका थिए । स्पेनका एक खेलाडीलाई रसियन खेलाडीले गोल पोस्ट छेउमा लडाए पनि पेनाल्टी दिइएन ।

4,376 total views, 2 views today

तपाईको प्रतिक्रिया