(केशु विरही) बेलबारी, माेरङ/ हेलेन केलरकाे १३८ अाैँ जन्मजयन्तीकाे अवसर पारेर अाज बेलबारीमा अायाेजना गरिएकाे १ नं प्रदेसस्तरीय दृष्टिविहिन तथा अपाङ्गहरुविचकाे साहित्य गाेष्ठीकाे अान्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले एक कार्यक्रमविच उद्घाटन गरेका छन् ।

माेरङ नेत्रहिन संघकाे अायाेजना र बेलबारी नगरपालिकाकाे अार्थिक सहयाेगमा संचालित साे प्रदेसस्तरीय साहित्य गाेष्ठीमा साहित्यकार तथा पूर्व सांसद हर्कमान तामाङ, बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी, साहित्यकार मनु मन्जिल, वद्री अधिकारी, धनजीत पराजुली, गणेश लामा अाशु, टीका अात्रेय, रेखा सुवेदी, जेवि थुलुङ,  लगायतका  स्रष्टाहरु र डिपि राई, तिलक राई, ईरन राई लगायतका राजनैतिक व्यक्तित्वहरुकाे सहभागिता रहेकाे थियाे ।

साे साहित्य गाेष्ठीमा भागलिन माेरङ, झापा, सुनसरी, तेह्रथुम, धनकुटा, ईलाम लगायतका जिल्लाबाट भिन्न २६ जना दृष्टिहीन तथा शारीरिक अपाङ्गता भएका सर्जकहरु भेला भएका थिए । उनीहरुले अा-अाफ्ना साहित्यिक रचना वाचन गरिएका थिए ।

प्रमुख अतिथि अान्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले दृष्टीविहिन तथा अपाङ्गत भएका व्यक्तिविचकाे प्रदेशस्तरीय साहित्य गाेष्ठीलाई संवाेधन गर्दै अपाङ्गता हुनु भनेकाे कुनै अपराध नभएकाे, दृष्टिविहिन तथा अपाङ्गता भएका व्यक्तिहरुले पनि समाज परिवर्तनमा ठूलाे याेगदान दिन सक्ने वताए । उनले प्रदभरिबाट अाएर अा-अाफ्ना रचना वाचन गर्नेलाई महानुभावहरुलाई शुभकामना पनि दिए । साथै मन्त्री कार्कीले दृष्टिविहिन तथा अपाङ्गता भएका व्यक्तिहरुकाे सहयाेगकाे लागि अाफू सँधै तत्पर रहेकाे र अव वन्ने भाैतिक संरचनाहरु अपाङ्गतामैत्री वनाईने प्रदेश सरकारकाे तर्फबाट प्रतिवद्धता पनि व्यक्त गरे ।

साे अवसरमा अतिथि स्रष्टाहरु मनु मन्जिल, टीका अात्रेय, रेखा सुवेदी लगायतकाले पनि अा-अाफ्ना रचना वाचन गरेका थिए ।

 

कार्यक्रमकाे अध्यक्षता माेरङ नेत्रहिन संघकी अध्यक्ष शावित्रा काेइरालाले गरेकी थिईन भने संचालन जीवन विष्ठ र विमला तामाङले गरेका थिए ।

2,795 total views, 4 views today

तपाईको प्रतिक्रिया