उपाधिको बलियो दाबेदार पोर्चुगललाई हराउँदै उरुग्वे र अर्जेन्टिनालाइ पराजित गर्दै फ्रान्स  रसियामा जारी विश्वकप फुटबलको अन्तिम आठमा प्रवेश गरेका छन् ।

शनिबार राति भएको नकआउट चरणको दोस्रो खेलमा पोर्चुगलको चुनौतीलाई २–१ गोल अन्तरले पन्छ्याउँदै उरुग्वे अन्तिम आठमा प्रवेश गरेको हो ।त्यसैगरी शनिबारकै पहिलो खेलमा अर्जेन्टिनालाई ३ का विरुद्ध ४ गोल गर्दै फ्रान्सले पनि क्वाटरफाइनल यात्रा सुनिश्चित गरेको छ । क्वाटरफाइनलमा उरुग्वेको भिडन्त  फ्रान्ससँग हुने भएको छ । ।

उरुग्वेको जितमा दुवै गोल इडिन्स काभानीले गरेका थिए । खेलको ७ औं मिनेटमा लुइस स्वारेजको क्रसफिल्डले उपलब्ध गराएको बललाई पोर्चुगलका इडिन्स काभानीले हेडमार्फत बललाई जाली चुमाएका थिए ।

खेलको ५५ मिनेटमा पोर्चुगलका गोल पेपेले हेडमार्फत गोल गर्दै बराबरी गोल फर्काउन सफल भए । उनले डिफेन्डर राफायल गियुरेइरोको क्रसमा हेडमार्फत गोल गरे । ६२ मिनेटमा उरुग्वेका काभानीले डिबक्स भित्रबाट अर्को गोल गर्दै उरुग्वेलाई २–१ के गोलको अग्रतामा ल्याए ।

त्यसैगरी फ्रान्सलाई जिताउन ४ गोल मध्ये केलियन एम्बापेले २ गोल तथा एन्टोनी ग्रिजम्यान र बेन्जामिन पाभार्डले १–१ गोल गरे । अर्जे्न्टिनाका लागि डि मारिया, अग्यूरो र मेराकाडोले एक एक गरी ३ गोल हानेका थिए ।

खेलको १३ औँ मिनेटमा एन्टोनी ग्रिजम्यानले पेनाल्टी मार्फत गोल गर्दै फ्रान्सलाई अग्रता लिएका थिए । केलियन एमबाप्पेलाई डिबक्समा लडाएपछि फ्रान्सले पेनाल्टी पाएको थियो । ४१ औं मिनेटमा अर्जेन्टिनाका  डि मारियाले करिब ३० यार्ड टाढाबाट शशक्त प्रहारबाट  उत्कृष्ट गोल गर्दै अर्जेन्टिनाका लागि बराबरी गोल फर्काएका थिए ।

खेलको ४८ औं मिनेटमा अर्जेन्टिनाले अग्रता लिएको थियो । अर्जेन्टिनाका ग्याब्रियल मेकार्डोले गोल गर्दै अग्रता लिएका थिए। तर त्यो अग्रता धेरैबेर कायम रहेन । ५७ औँ मिनेटमा बेन्यामिन पाभार्डले गोल गरे भने केइलिन एमबाप्पेले ६४ र ६८ मिनेटमा गोल गर्दै खेललाई आफ्नो पक्षमा पारे । एमबाप्पे खेलको म्यान अफ द म्याच बने । त्यसपछि इन्जुरी समयको तेस्रो मिनेटमा अर्जेन्टिनाका लागि सर्जियो अग्युरोले तेस्रो गोल गरेका थिए ।

आइतबार राती स्पेन र रुस तथा क्रोएसिया र डेनमार्क प्रतिस्पर्धा गर्दैछन् ।

3,501 total views, 2 views today

तपाईको प्रतिक्रिया