उत्तम पोख्रेल , बेलबारी मोरङ /  असार ९ गते बेलबारीमा सुरु भएको मेयर कपको प्रतियोगीतामा ७ वटा टीम वाहिरिएका छन ।

बेलबारी नगरपालिकाका वडा नम्बर २,५,६,७,९,१० र ११ नम्बर वडा खेलवाट बाहिरीएका हुन्  । असार १९ गते म्म सचालन हुने प्रतियोगीतामा ४ वटा वडा सेमिफाईनलमा प्रबेश गरेका छन ।

बेलबारी १,३ ४ र८ नम्बर वडा सेमिफाईनल चरणमा प्रबेश गरेका छन । यो समाचार तयार गर्दा शनिबार ३ र ८ नम्बर वडा बिच प्रतिपर्धा भइरहेको छ भने आईतबार १ र ४ बिच प्रतिष्पर्धा हुदै छ । आईतबार जित्ने वडा र सोमबार जित्ने वडा फाईनल चरण प्रबेश गर्ने छन ।

सोेमबार भने धरान र बेलबारी बिच भ्याट्रन हुने भएको छ । खेललाई थप रोमान्चक बनाउन भ्याट्रन खेल गर्न लागिएको हो । ६ लाख खर्च लाग्ने अनुमान गरीएको प्रतियोगीतामा प्रथम हुने टिमलाई नगद १ लाख, द्वितिय हुने टिमलाई नगद ५० हजार सहित सिल्ड,मेडल प्रमाण पत्र प्रदान गरीने क्लबका अध्यक्ष नारायण लिङथेपले बताए । बेष्ट पल्येर हाई स्कोररलाई नगर ५/५ हजार तथा दैनिक उत्कृष्ट खेलाडीलाई नगद दुई हजार दिने आयोजकले जनाएको छ ।

1,526 total views, 2 views today

तपाईको प्रतिक्रिया