केशु विरही, बेलबारी, माेरङ/ पूर्वकै वहुप्रतिष्ठित रुपमा लिईएकाे पर्यटकीय पाेखरी “बासुकी” परियाेजनाकाे वाँधकाे निर्माणकााे कार्य अन्तिम चरणमा पुगेकाे छ ।

उपभाेक्ता समिति, अनुगमन तथा लेखा समितिकाे संयुक्त रुपमा वैठकपछि शनिबार  साे जानकारी दिइएकाे हाे ।

हालसम्ममा स्टिमेट अनुसारकाे काममध्ये अधिकांक्ष काम पूरा भएकाे, अहिले वाँधकाे अाउटलेटकाे निर्माणकाे काम  भैरहेकाे र साेकाे लागि २/३ दिन लाग्ने बासुकी परियाेजनाका अध्यक्ष रामकुमार मास्के वताउँछन् ।

साे परियाेजनाका लागि राष्ट्रप्रति चुरे तराई मधेष संरक्षण विकास समतिकाे रु ७१ लाख, परियाेजना संचालन भएका वागदेवी र सुकुना सामूदायिक वनकाे १४ लाख र स्थानीय तहहरु बेलबारी र सुन्दरहरैचा नगरपालिकाकाे रु १० लाख गरी जम्मा रु ९५ लाखमा साे परियाेजनाकाे काम भैरहेकाे छ ।

समितिद्वारा हालसम्ममा गरेकाे खर्चकाे विवरण

समितिले हाल सम्मका विभिन्न शीर्षकमा भएकाे खर्च विवरण पनि सार्वजनिक गरेकाे छ ।

सार्वजनिक गरिएको  बिवरण अनुसार माटाे काटेर वाँध निर्माण कार्यमा रु १४ लाख ४३ हजार २२६/५०, कम्प्लेक्सन निर्माणमा रु ३ लाख १७ हजार ७००, अार सि सि बाल निर्माणमा रु २३ लाख ३३ हजार ८०६/९३, डण्डी खरिदमा रु १७ लाख ३८ हजार ४४९/१६, वेण्डिङ तार खरिदमा रु १७ हजार ४६४/९४, फर्माकाे कार्य रु ५ लाख ३३ हजार ९/३२, तार जाली खरिदमा रु ३ लाख ५३ हजार ५५४/२४, ढुङ्गा जालि भर्नमा रु ६ लाख ९५ हजार ४८७/४०, अाईरन गेट निर्माणमा रु ३० हजार र घेरावारामा रु ४९ हजार र विविध खर्च रु १ लाख १० हजार ५१९ काे वरावरकाे खर्च भएकाे छ ।

यस्तो छ परियाेजनामा प्रयाेग भएका समाग्रीकाे विवरण

हालसम्ममा १४३९ वाेरा OPC सिमेन्ट, १७ हजार ३३० किलाे ग्राम रड, ७४४ घनमिटर ढुङ्गा, ६३.१५ किलाे ग्राम बाल काटी, ११० किलाे ग्राम कालाे पाईप, २० किलाेग्रामका ९ बाल्टी चुना, १३०० ट्रिप माटाे वाेकाएकाे, अादि सामाग्री प्रयाेग भएकाे विवरण सार्वजनिक भएको  छ ।

ईष्टिमेटभन्दा वढि काम गर्नु परेकाेले गर्दा परियाेजनामा केही घाटा पर्न जाने अनुमान गरिएकाे पनि खर्च विवरण सार्वजनिक गर्ने क्रममा जानकारी दिईयाे ।

याे परियाेजना अन्तरगतकाे वाँध निर्माणकाे कार्य छाेटाे अवधिमै सम्पन्न हुन लागेकाेमा स्थानीयवासीहरु पनि खुसी छन् । उनीहरु कहिले पाेखरीकाे निर्माण कार्य पूरा हाेला र वाेटिङकाे रमाईलाे लिन पाईएला भन्नेमा छन् ।

ठूल्ठूला वाँधहरु फुटेर स्थानीय वासिन्दाकाे क्षति पुर्याएका समाचारहरु यदाकदा सुनिने गरिन्छन् । तर याे वाँध प्राविधिक रुपमा मजवुत रहेकाे यसमा वाँध फुट्छकि भन्नेमा चिन्ता लिनु नपर्ने इन्जिनियर नागेन्द्र शाह वताउछन् ।

4,034 total views, 8 views today

तपाईको प्रतिक्रिया