सुन्दरहरैचा, माेरङ/ बिराटचाेकमा रेडियाे सारङ्गीद्वारा अायाेजित पाँच दिने उद्घाेषण तथा पत्रकारिता तालिम शुरु भएको छ ।

सुन्दरहरैचा उद्याेग वाणिज्य संघका अध्यक्ष नवराज चापागाईले  एक कार्यक्रमविच उद्घाेषण तथा पत्रकारिता तालिमकाे उद्घाटन गरेका छन् । बिराटचोकस्थित रेडियाे सारङ्गीकाे अाफ्नै तालिमहलमा संचालन गरिएकाे सो तालिमकाे उद्घाटन समाराेहमा सुन्दरहरैचा जेसिसका अध्यक्ष रुद्र थापा, क्यापिटल एफ एमका प्रवन्ध निर्देशक सुशील राउत, सुन्दरहरैचा नगरपालिकाका कार्यपालिका सदश्य राजेन्द्रबहादुर थापा अादिकाे सहभागिता रहेकाे थियाे ।

तालिमकाे उद्घाटन गर्दै प्रमुख अतिथि चापागाईंले समाज परिवर्तनमा संचारमाध्यमकाे ठूलाे हात रहेकाेले
सारङ्गी एफ एमले अायाेजना गरेकाे याे तालिमबाट प्रशिक्षार्थीले ठूलाे फाईदा लिन सक्नुपर्ने कुरामा जाेड दिए ।

सुन्दरहरैचा नगरपालिका वार्ड नं १० का वाडाध्यक्ष राजेन्द्रबहादुर थापा, ईन्द्रपुर जेसिसका अध्यक्ष रुद्र थापा, सुशेली एफ एमका केपी घिमिरे अादिले तालिमकाे सफलताकाे शुभकामना दिएका थिए ।

पाँचदिनसम्म चल्ने सो तालिममा ३५ जनाले तालिम लिईरहेकाे रेडियाे सारङ्गी प्रसारण समितिका अध्यक्ष डाेलेश्वर तिम्सिना(नवीन) ले जानकारी दिए ।

साे तालिमकाे सहजिकरण संचारकर्मी रुपेश श्रेष्ठ सहितकाे टिमले गरिरहेकाे छ ।

2,024 total views, 2 views today

तपाईको प्रतिक्रिया