बेलबारी / बेलबारी नगरपालिकाले कृषकहरुलाइ आधुनिक खेतिप्रति आकर्षण बढाउन  बिभिन्न अर्गानिक खेतिसगै कृषिमा आधुनिकरणलाई  प्राथमिकता दिन थालेको छ ।

यो निति अनुसार नगरपालिकाले हालै  २० जना कृषकलाई मौरी सहितका घार बितरण गरेको छ । पुरानै घारमा मौरी पाल्दै आएका २० जना कृषकलाई नगरपालिकाले आधुनिक मौरीको घार सहित मौरी हस्तान्तरण गरेको छ ।

नगरपालिकाले कृषकहरुलाइ विभिन्न औजार समेत बितरण गर्दै आएको छ । पुरानै शैलीबाट खेतिगर्दा आम्दानी भन्दा वढी लागत लाग्ने गरेको भन्दै युवा बिदेश तिर पलायन भइरहेको बेला नगरपालिकाले युवाहरूलाई कृषितर्फ आकर्षित  गर्न थालेको छ ।

खेतीको आधुनिकिकरणसंगै नगरपालिकाले खेतियोग्य जमिनलाई समेत बाझो नराख्ने निति लिएको बेेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुबेदीले बताए ।

3,291 total views, 10 views today

तपाईको प्रतिक्रिया