बेलबारी, माेरङ/ बेलबारीलाई खुल्ला दिशामुक्त नगरपालिकाकाे रुपमा माेरङ जिल्ला क्षेत्र नं ३ का प्रतिनिधिसभा सदश्य भानुभक्त ढकालले एक कार्यक्रमविच  घाेषणा गरेका छन् ।
मेयर ज्ञानेन्द्र सुवेदीकाे अध्यक्षतामा संचालन भएकाे उक्त खुल्ला दिशामुक्त, पूर्ण खाेप सुनिश्चितता तथा दिगाेपन घाेषणा कार्यक्रममा जिल्ला समन्वय समिति अध्यक्ष एवम् जिल्ला खानेपानी तथा स्वच्छता समन्वय समितका अध्यक्ष नरेस पाेखरेल, बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुली, मातृभूमि महिला समाजका कार्यकारी निर्देशक चन्द्रबहादुर विष्ट लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुकाे सहभागिता अादिकाे उपस्थिती रहेकाे थियाे
प्रमुख अतिथि सांसद ढकालले घाेषणा गरेर मात्र नहुने त्यसका लागि अावश्यक पुर्वाधारकाे पनि विकासलाई सँगसँगै लैजानु पर्नेमा जाेड दिए ।
विषिष्ठ अतिथी जिल्ला खानेपानी तथा सरसफाई समन्वय समितिका अध्यक्ष नरेसप्रसाद पाेखरेलले पछिल्लाे समयमा बेलबारीकाे विकासकाे गति उत्कृष्ट रुपमा अगाडि वढिरहेकाेमाे शुभकामना पनि दिए ।
“एक घर एक चर्पी हाम्राे अभियान, पूर्ण सरसफाइ बेलबारीकाे पहिचान” नारा दिईएकाे उक्त कार्यक्रमा विभिन्न विद्यालयका सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गिरएका थिए ।
साथै साेहि अवसरमा लामाे समयसम्म स्वास्थ्य क्षेत्रमा सेवा गर्ने विभिन्न  ६६ जना महिला स्वम सेविकाहरसलाई संमान गिरएकाे थियाे ।

5,260 total views, 2 views today

तपाईको प्रतिक्रिया