बेलबारी, मोरङ /   बगुर पालन सम्बन्धी एक हप्ते तालिम बेलबारीमा सम्पन्न भएको छ ।

तालिमको एक कार्यक्रमका बिच सोमबार समापन गरीएको हो । नगर कार्यपालिका सदस्य खिना थापाको प्रमुख आतिथ्यतामा तालिमको समापन गरीएको हो । तालिमको समापन गर्दे सदस्य थापाले नगरपालिकाले स्वरोजार बनाउने खालका तालिम दिने गरेको बताएकी छन ।

कुल  ४८ जना सहभागी तालिममा सुगुरका प्रकृति पालने तरीका, सुगुरमा लाग्ने रोग घरयसि उपचार लगयतका बिषमा सहभागीलाई सिकाईएको थियो ।

त्यसैगरी समाजिक परिक्ष्ण सम्बन्धी एक दिने अन्तरकृया सम्पन्न भएकाे छ ।

बेलबारी नगरपालिकाको आयोजनामा भएको अन्तरक्रिर्या कार्यक्रममा आ.व.०७४/०७५मा नगरपालिकाले प्रबाह गरेका सेवा सुबिधा नितिगत कुरा कार्यान्वनको अबस्था सस्थागत सुधारका पक्ष लगायतका बिष्यमा छलफल भएको बेलबारी नगरपालिकाका सुचना अधिकृत महेनद्र खडकाले बताए ।

यसैगरी नगरले लिएको रणनितिक पुनर्मुल्याकन गरी सामाजिक परिक्ष्ण प्रारम्भिक प्रतिबेदन सम्बन्धी समेत छलफल भएको सुचना अधिकृत खडकाले बताए ।

3,272 total views, 8 views today

तपाईको प्रतिक्रिया