केशु विरही, बेलबारी, माेरङ/ बेलबारी नगरपालिकाकाे दाेश्राे नगरसभा अधिवेसनले अा.व. २०७५/७६ का लागि ८० कराेड वरावरकाे वजेट तथा नीति तथा कार्यक्रम पारित गरेको  छ ।

बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी सभाध्यक्ष रहेको  नगरसभा अधिवेसनमा उपमेयर ढाकाकुमारी पराजुलीले अा.व. २०७५/७६ काे नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेकी थिइन् ।

भाैतिक पुर्वाधारमा विशेष महत्व दिएर प्रस्तुत गरिएको  बजेटमा त्यसको लागि ३८ दशमलव ०७ प्रतिशत वजेट  छुट्याइएकाे छ । भाैतिक पूर्वाधार विकास अन्तरगत ३० कराेड ४६ लाख ५३ हजार रुपैयाँ  छुट्याइएकाे छ ।

नगरपालिकाको वजेटमा प्रसाशनिक खर्चतर्फ ९ कराेड ६५ लाख ६६ हजार, अार्थिक विकासतर्फ २ कराेड ८२ लाख ८० हजार, सार्वजनिक सेवा तर्फ रु २ कराेड ४४ लाख ३५ हजार, र सामाजिक विकासतर्फ रु ३१ कराेड ८८ लाख ५४ हजार रुपैयाँ बिनियोजन गरिएको छ  ।

नगरपालिकाले अा. व. २०७५/७५ काे निति कार्यक्रम तथा बजेटमा  शिक्षा तथा खेलकुद, जनस्वास्थ्य, सामाजिक, कृषि, पशु, वन व्यपार तथा वाणिज्य, वपद व्यपस्थापन, खानेपानी तथा सिंंचाईकाे व्यवस्थापन, वातावरण तथा फाेहाेर व्वस्थापन, प्राकृतिक श्राेतहरुकाे संरक्षण र व्यवस्थापन, पर्यटन प्रवर्धन, शान्ति सुरक्षा, पुर्वाधार, सूचनागैर सरकारी संस्था र सहकारी, तथ्याङ्क, राजस्व अभिवृद्धि, न्यायिक, सुसासन अादि क्षेत्रहरुकाे पनि निर्धारण गर्दै बजेट समेत सोही आधारमा बिनियोजन गरिएको  छ ।

6,320 total views, 8 views today

तपाईको प्रतिक्रिया