२६ सय ४२ औं वुद्ध जयन्तीको अबसर पारेर लुम्बिनी-कपिलवस्तु दिवस अभियानको आयोजकत्वमा मेलबर्नको वैरबीमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
  केही महिनासम्म निरन्तरता दिइने रक्तदान  कार्यक्रमलाई हाल मेलबर्न, जिलोङ र बेन्डिगो शहरमा आयोजना गरिएको छ । अभियानका अनुसार अन्य शहरमा पनि निरन्तर रक्तदान कार्यक्रम गर्ने योजना छ ।
कार्यक्रममा अभियानका बिश्व संयोजक रामकुमार श्रेष्ठले वुद्ध जयन्ती परंपरागत रुपमा पूजाआजा गरेर मनाउने गरिएकोमा वुद्ध जयन्तीको बेग्लै सन्देश दिन र नयाँँ संस्कारको बिकास गर्न रक्तदान कार्यक्रम राखेको  बताउनुभयो ।
लुम्बिनी कपिलवस्तु दिवस बिश्व अभियान शुरु भएपछि धेरै देशमा नेपाललाई वुद्ध जन्मस्थलको रुपमा चिनाउने काम भएको भन्दै वहाँले  पहिला वुद्धको महापरिनिर्माणलाई आधार मानेर मान्ने गरिएको तर अभियानको पहलमा केही बर्षदेखि वुद्ध जन्मनु भएको बर्षलाई आधार मानी वुद्ध जयन्ती मनाउने परिपाटी बसाल्न शुरु गरिएको बताउनुभयो ।
वहाँले यो बर्ष २५ सय ६२ औं नभएर २६ सय ४२ औं वुद्ध जयन्ती मनाउन आग्रह गरिएको जानकारी दिनुभयो ।
एनआरएन भिक्टोरियाका उपसंयोजक डा. उगेन्द्र रेग्मीले रक्तदानले अरुको जीवन रक्षा गर्ने जस्तो अत्यन्तै महत्वपूर्ण काम गर्नेमात्र नभई आफ्नै स्वास्थ्य अवस्थाबारे जानकारी लिन र आफ्नै स्वास्थ्यको लागि पनि रक्तदान दिनु महत्वपूर्ण हुने बताउनुभयो ।
वहाँले नेपाल सरकारले गर्नुपर्ने काम जनस्तरबाट अभियानले गरिरहेको र धेरै ठूला उपलब्धीहरु हासिल गरिरहेकोले अभियानका हरेक काममा आफ्नो सक्दो सहयोग र समर्थन रहने बताउनु भयो । संकलन भएको रगत आबस्यक परेका जाेसुकै नेपालीले प्रयोग गर्न सक्नेगरी  लुम्बिनी-कपिलवस्तु दिवस अभियान मार्फत राखिने बताइएकाे छ । रगत अाबश्यक परेमा लुम्बिनी-कपिलवस्तु दिवस अभियानमा अनुराेध गरी  लिन सकिने अभियानले जनाएकाे छ ।

2,691 total views, 26 views today

तपाईको प्रतिक्रिया