कतारलाइ कर्मभुमी बनाउदै आएका बेलबारी -२ लालभित्तिका युवाहरुद्वारा संचालित युवा समुहको दोस्रो साधारण सभा गत शुक्रबार अर्थात १५ जुन का दिन सम्पन्न भएको छ ।

दोस्रो साधारण सभाबाट निर्मल रिजालको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिती चयन भएकाे छ। समितिमा प्रथम उपाध्यक्ष सराेज दुलाल, दितिय उपाध्यक्ष विजय कार्की, सचिव विरेन्द धिमाल ,सह-सचिव घनश्याम दुलाल, काेषाध्यक्ष तेज भुजेल, सह काेषाध्यक्ष अन्तर भुजेल चयन भएका छन्  । त्यसैगरी सदस्यहरूमा राजकुमार कटुवाल ,उमेश बस्नेत ,सुमन शाह,इन्द्र तामाङ अन्जली तामाङ  चयन भएका छन्  ।

समुहका अध्यक्ष बिष्णु राइको सभापतित्व र मोरङ्सुनसरी समाज कतारका अध्यक्ष एबम एनआरएन कतारका प्रथम उपाध्यक्ष तेज कटुवालको  प्रमुख आतिथ्यतामा  भएको साधारणसभामा  नेपाल प्रबासी आदिबासी जनजाती महासंघ कतारका महासचिव शिव भुजेल, ट्र्याग्स युथ ग्रुपका प्रमुख सल्लाहकार रोशन मोक्तान , समुहका सल्लाहकार धिरज राइ , बिनोद भुजेल , पथरी बचत समुहका  युबराज भुजेल, युवा समाजसेवी प्रबिन पौडेल  लगायतको आतिथ्यता थियो ।

कार्यक्रममा  निबर्तमान उपाध्यक्ष निर्मल रिजाल स्वागत मन्तब्य ब्यक्त गरेका थिए भने कार्यक्रम  नियम भुजेलले संचालन गरेका थिए । कार्यक्रममा उपस्थितहरुले लालभित्ती युवा समुहले गरेका  बिभिन्न सामाजिक कार्यको प्रसंसा गरेका थिए ।

नयाँ समिति गठनका लागि घिरज चाम्लिङ राई संयाेजक रहेको निर्वाचन समिति गठन गरिएको थियो । निर्वाचन समितिका संयोजक राइले नव निर्वाचित टिमलाई सथप ग्रहण गराउनुका साथै कार्यसफलताको शुभकामना पनि दिएका थिए ।

3,174 total views, 30 views today

तपाईको प्रतिक्रिया