उत्तम पोख्रेल, बेलबारी / युवा शक्ति  बिभिन्न देशमा पलायन भईरहेका बेला मोरङको बेलबारी नगरपालिकाले बिभिन्न सिपमुलक तालिम दिनेे क्रम बढाएको छ ।

महिलाहरुलाई लक्षित गरेर नगरपालिकानले स्वरोजगार मुलक तालिम दिएको हो । हाल बिभिन्न वडा तथा नगरले छुटाछुटै तालिम दिदै आएका छन् ।

जुता चप्पल बनाउनेदेखि खाजा बनाउने तालिम समेत नगरपालिकाले दिन थालेको छ । लोकसेवा कक्षाको तयारी तथा उद्घोष्ण तालिम समेत दिएको बेलबारी नगरपालिकाका उप प्रमुख ढाका कुमारी पारजुलीले बताईन् ।

महिलाहरुलाई ब्यासायिक बनाउनका लागि बिभिन्न सिपमुलक तालिम दिन थालेको बताउँदै उपमेयर पराजुलीले भनिन् “आय आर्जन हुने खालका तालिम दिन थालेका छौ ।सिरानीमा प्रमाण पत्र राख्ने खालका तालिम नगरपालिकाले दिनु हुदैन” । उनले भनिन् सिप सिकेको भोलिपल्टदेखि आम्दानी दिने खालका कार्यक्रम हामी दिईरहेका छौं ।

नगरपालिकाले महिलाहरुलाई ब्यासायिक बनाउन खाजा बनाउने तालिम समेत दिन थालेको छ । ब्याबसायमा महिलाको आकर्षण बढाउने खालका तालिम दिन थालेको नगरपालिकाको भनाई रहेको छ । बिभिन्न क्षेत्रमा महिलालाई पहुंचमा पुर्याउनका लागि तालिम दिन थालेको उपमेयर पराजुलीले बताईन् ।

2,565 total views, 4 views today

तपाईको प्रतिक्रिया