बेलबारी मोरङ । मोरङको बेलबारीमा रहेको नवदुर्गा मन्दिरमा आयोजित एक महिने पुरुषोत्तम महात्म्य तथा श्रीमदभगवत पुराण सम्पन्न भएको छ ।

जेठ १ गतेदेखि चलेको पुराणको एक कार्यक्रमबिच जेठ ३० गते आइतबार अर्थात बुधबार समापन गरिएको हो । मन्दिर परिसरमा आयोजित समापन कार्यक्रममा बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी प्रमुख अतिथि र पूर्व सांसद हर्कमान तामाङ बिषेश अतिथि थिए । समापन कार्यक्रम नवदुर्गा मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष बिन्ध्याञ्चल प्रसाद साहको सभापतित्वमा भएको थियो ।

एक महिने पुराणमा पण्डित शास्त्री रघुनाथ पौडेलले कथा बाचन गरेका थिए । समापन कार्यक्रममा बिभिन्न र्सघसंस्थाका प्रतिनिधिहरु उपस्थित थिए भने भक्तजनहरुको पनि बाक्लो उपस्थिति थियो । मानिसहरुमा धार्मिक विश्वास जगाउने र मन्दिरको प्रबर्धन गर्ने उद्देश्यले पुरुषोत्तम महात्म्य तथा श्रीमदभगवत पुराण आयोजना गरिएको नवदुर्गा मन्दिर ब्यबस्थापन समितिका सचिव गंगा श्रेष्ठले बताए ।

मन्दिरको अबस्था डमाडोल

नवदुर्गा मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष बिन्ध्याञ्चल प्रसाद साहका अनुसार मन्दिर ब्यबस्थापन समिति निष्कृय भएकोले उनी एक्लैले समितिको अभिभारा सम्हाल्दै आएका छन् । उनका अनुसार बिगत सात बर्षदेखि मन्दिरको साधारणसभा समेत भएको छैन । आफूले पटक पटक पहल गर्दा पनि समितिका अन्य पदाधिकारीले बेवास्ता गरेकोले साधारणसभा हुन नसकेको उनले दाबी गरे । पहिले आफु आउँदा मन्दिरको घेराबारा समेत नभएको र बंगुर बस्ने दह नै दह भएको तर आफनो नेतृत्वको समितिले पुरेर ब्यबस्थित गरेको उनले बताए ।

मन्दिरको बेलबारी बजारको पूर्वपट्टी राजमार्गमै जोडिएको करिब ७ कठ्ठा जग्गा छ । त्यसमा मन्दिर बाहेक राजमार्गमा जोडिएका ९ वटा र अन्य ६ वटा गरी १५ वटा सटर छन् । हाल मन्दिरले ९ वटा सटरबाट  मासिक  १५ सयका दरले जम्मा १३ हजार ५ सय रुपयाँ भाडा उठ्दै आएको छ । ६ वटा सटरहरु भने भाडामा नलागेको बताइएको छ । मन्दिरमा बिवाह तथा पाटीको लागि पकाउने तथा राख्ने र बसेर खाने ठाउँ समेत छ । यहाँ बार्षिक ५० देखि ६० वटा बिहे वा पाटीको टोली आउने गरेको साहले बताए । तर मन्दिरमा त्रिपाल, कुर्सी र भाँडाकुँडा नहुँदा समस्या भइरहेको मन्दिर ब्यबस्थापनले जनाएको छ । 

सार्वजनिक जस्तै भयो मन्दिरको शौचालय

राजमार्ग किनारमा रहेका सटर भाडामा लिएका ब्यापारीहरुले पनि मन्दिर परिसरको भित्रपट्टी रहेको शौचालय प्रयोग गर्दै आएका छन् ।  मन्दिरको कम्पाउण्ड र गेट त छ तर गेट खुलै रहँदा जोसुकै मानिसहरु खुलेआम मन्दिरको चर्पी प्रयोग गर्छन् । हरेक दुइ हप्तामा चर्पी सफा गर्नुपर्ने बाध्यता रहेको र अन्य पशुपंक्षीहरु पनि मन्दिरमा छिर्ने समस्या रहेको अध्यक्ष साहले बताए । मन्दिरमा एकजना पुजारी रहने भएपनि राती समेत भित्ति केटाहरु आएर चर्पीमा सुइ र कण्डोम छाड्ने गरेकोले मन्दिरभित्र हुने अबाञ्छित गतिबिधि रोक्न नसकिएको मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष साहले बताए ।

बेलबारीकै ठूलो बहुसाँस्कसतिक भवन बनाउन पहल

साधारणसभा गरी नयाँ समिति निर्माण गरी मन्दिरलाइ ब्यबस्थित गर्न पहल भइरहेको र मन्दिर परिसरभित्र बेलबारीकै ठूलो बहुसाँस्कसतिक भवन निर्माण गर्न नगरपालिकामा प्रस्ताब पेश गरिएको मन्दिर ब्यबस्थापन समितिका सल्लाहकार प्रताप थापाले बताए । – अम्बिका भण्डारी

8,790 total views, 178 views today

तपाईको प्रतिक्रिया