दमक | झापा दमकका एक युवकले पुराना बोत्तलको प्रयोग गरेर इटटाको सट्टा शिशाको प्रयोग गरी अनौठो घर निर्माण गरेका छन् ।

दमक २ का तिगेनहाङ लिम्बूले पुराना वियर र रक्सिका बोत्तलको प्रयोग गरेर नयाँ ढंगले आकर्षक  घर बनाएका हुन्।

बैदेशिक रोजगारीका क्रममा तीन वर्ष मलेसिया बसेर फर्किएका लेम्बुले सो घरमा होटल व्यवसाय सञ्चालन गर्ने योजना बनाएका छन्  । पछिल्ला दिनमा बढदो इट्टाको बजार मुल्य भन्दा कम दाममानै बत्तल पाइने र खेर गएका शिशा पनि प्रयोगमा आउने भएकाले नयाँ ढंगको घर निर्माण गरेको लिम्बूले बताए ।

दमक २ खरखरे मा निर्माणाधिन सो घरको भित्तामा र पिलरमा पनि सिमेन्ट बलुवा र बोत्तलको नै प्रयोग गरिएको छ । पुराना बोत्तलको प्रयोग गरिएको भएपनि घर भुकम्प प्रतिरोधि हुने लिम्बुको भनाइ छ  ।

करिब एक करोडको लागतमा निर्माण भइरहेको घरको सवै भित्तामा आठ इन्च बोत्तलको पर्खाल लगाइएको छ् । लिम्बुको निर्माणाधिन बोत्तल हाउसमा विभिन्न कम्पनीका वियर र वाइनका बोत्तलहरु कवाडी पसलबाट पाँच रुपैया देखि ३ रुपैया ५० पैसा सम्ममा खरिद गरिएको हो ।

 

घर पुर्ण रुपमा सम्पन्न हुदा २० हजार बोत्तल लाग्ने अनुमान गरिएको लिम्बूकाे भनाइ  छ  । मलेशियामा शिशाबाट निर्माण भएको एउटा मन्दिरको सिको गर्दैै आफुलेपनि अघिल्लो वर्ष शिशाबाट निर्माण गरेको बाथरुम निकै भरपर्दो र प्रभाबकारी भएपछि शिशै शिसाको घर निर्माण गरेको लिम्बुले जानकारी दिए ।

लिम्बूले निर्माण गरेको सो बोत्तलको घर नेपालमा नै पहिलो हुनसक्ने दाबी गरेका छन्  । बोत्तलको रंगलाई मिलाएर घरको निर्माण गरिएकाले घाममा घरका भित्ताहरु बाट छुट्टै प्रकारको चमक आउने लिम्बूले बताए ।

बिदेशका धेरे मुलुकहरुमा यस्तो घर निर्माण गर्ने चलन पुरानै भएपनि निकै अध्ययन पछिमात्र आफुले पनि बोत्तलको घर निर्माण गरेको लिम्बूले बताए । अहिले यो घर हेर्न विभिन्न स्थानबाट दैनिक धेरै मानिसहरु आउने गरेको उनले जानकारी दिए । (हाम्रो दमकको सहयोगमा)

6,906 total views, 3 views today

तपाईको प्रतिक्रिया