इटहरी /  इटहरीमा कवि नवराज पराजुलीको एकल कविता कन्सर्ट हुने भएको छ ।

सो कन्सर्ट इटहरीको आईतवारे चोक स्थीत रहेको दुर्गा पार्टी प्यालेसमा असार २ गते शनिवार  हुने आयोजकले जनाएको छ । इटहरी सुनसरी लियो क्लब र इटहरी जेसिजको संयुक्त आयोजनामा हुन लागेको सो कार्यक्रमा युवा पिढि निक्कै उत्साहित देखिएको आयोजक समितिका संयोजक लियो, जेसी युवराज काफ्लेले बताए ।

फरक किसिमबाट हुन लागेको यो कन्सर्टले नेपाली कला साहित्य, भाषा र कविताको श्री बृद्धि भई एउटा श्रष्टा कविता लेखेर बाचन गरेर बाच्न सक्ने अबस्थाको सिर्जना होस् भन्ने यस कार्यक्रमको मुख्य लक्ष्य रहेको इटहरी सुनसरी लियो क्लवका अध्यक्ष लियो नवराज खड्काले बताए ।

3,008 total views, 118 views today

तपाईको प्रतिक्रिया