धनकुटा । धनकुटा नगरपालिकाले अनुदानमा कृषकलाई ७ वटा हाते ट्याक्टर (मिनि टिलर) वितरण गरेको छ ।

गोरु जोतेर गरिने परम्परागत तरिकालाई बिस्थापित गरेर व्यावसायिक कृषि प्रणालीको सुरुवात गर्न धनकुटा नगरपालिकाले किसानहरुलाई मिनि टिलर अनुदानमा उपलब्ध गराएको छ। नगरपालिकाले ८३ प्रतिशत अनुदानमा नगरका विभिन्न ७ वटा कृषि समहहरुलाई ७३ हजार मूल्य पर्ने ५ लाख ११ हजार बरावरको मिनि टिलर दिएको नगर प्रमुख चिन्तन तामाङले बताए।

पहाडी भेगमा समेत खेतीका लागि समेत उपयोगी मानिने हाते ट्याक्टरले गोरुले जोतेर गरिने कृषिले जिवीकोपार्जनलाई व्यवसायिक कृषि प्रणालीको सुरुवात गर्न वितरण गरिएको र आगामी ५ बर्ष भित्रमा गोरुको स्थानमा मिनि टिलरले जोत्ने व्यवस्था गरिने नगरपालिकाका प्रमुख तामाङ्गले जानकारी दिए।

“यसले कृषकलाई धेरै सहज बनाउने र दुईवटा गोरु पाल्नुको सट्टा गाईपालेर कृषकले आम्दानी लिन सकुन भनेर मिनि टिलर वितरण गरिएको हो”, तामाङले भने “नगरपालिकाका अन्य कृषक समूहलाई ट्याक्टर उपलव्ध गराउने नगरपालिकाको तयारी छ।”

पछिल्लो समय कृषकमा हाते ट्याक्टरप्रति आकर्षण बढेपछि ७ वटा हाते ट्याक्टर र ७ वटा बोयर जातको बोका बितरण गरिएको नगरपालिकाका प्रबक्ता जमशेर राईले बताए। यसले एक लिटर डिजेलले तीन घन्टासम्म खेत र बारी जोत्न सकिने राईले बताए। नगरपालिकाको कृषि पकेट क्षेत्र मानिएका ठाउँलाई ध्यानमा राखेर हाते ट्याक्टर वितरण भएको छ।
नगरपालिकाले चालु आर्थिक बर्ष ०७४÷७५ मा कृषि क्षेत्रमा ५० लाख बजेटबाट विनियोजन गरेर कार्यान्वय गरिरहेको जनाएको छ।

7,299 total views, 18 views today

तपाईको प्रतिक्रिया