मणिराम दाहाल, बिराटचोक  । इन्द्रपुर जेसिजले आयोजना गरेको मोरङ जिल्ला स्तरीय पिएलओ, इन्द्रपुर जेसिज माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगितामा प्रथम हुुने बिद्यार्थीहरुलाई वाल प्रतिभा बोर्डिङले सम्मान गरेेकाे छ ।

खोर्सानेस्थित विद्यालयमा एक कार्यक्रमको आयोजना गरी प्रतियोगितामा सहभागी बनेर प्रथम स्थान हासिल गर्ने विद्यार्थीहरु योगेश बस्नेत, प्रियंका पराजुली, निसान केदेम तथा सुमन दाहाललाई सम्मान गरिएको थियो ।

विद्यालयको सम्मान कार्यक्रममा प्रतियोगितामा सहभागी भएर प्रथम हुने विद्यार्थीहरुलाई जनही १० हजारका साथमा प्रमाण पत्र तथा केही महिनाको मासिक शुल्क समेत मिनाहा गरिएको तथा हाजिरी जवाफमा विद्यालयका तर्फबाट उत्कृष्ट संयोजन गर्ने शिक्षक सोम चौलागाईलाई समेत नगद पुरस्कारका साथ सम्मान गरिएको विद्यालयका प्रिन्सिपल गणेशप्रसाद दाहालले बताए ।
मोरङ जिल्ला भरिका ४८ ओटा विद्यालयहरुको सहभागितामा भएको प्रतियोगितामा बालप्रतिभाले प्रथम स्थान हासिल गर्दै नगद ३१ हजारका साथमा प्रमाणपत्र तथा सिल्ड प्राप्त गर्न सफल भएको थियो ।

सम्मानको कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले आकर्षक नृत्य समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालय प्रथम भएकोमा खुसियाली समेत गरिएको थियो । कार्यक्रममा शिक्षासेवी तुलसी पौडेल, दीपक केसी, समाजसेवी हेमचन्द्र घिमिरे लगायतले बोलेका थिए ।

1,748 total views, 4 views today

तपाईको प्रतिक्रिया