धनकुटा । धनकुटा प्रहरीले जिल्लाको लागूऔषध ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनकुटा नगरपालिका वडा नम्बर १ कुवापानीका २५ बर्षीय सुमन तामाङ, वडा नम्बर ५ का २६ बर्षीय निश्चल तिवारी र वडा नम्बर ७ का २४ बर्षीय केनेडी राई रहेको प्रहरी कार्यालयले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटाबाट सादा पोसाकमा खटिएको टोलीले बिहीबार बिहान करिब ४ बजेतिर धनकुटा नगरपालिका ५ बिहीबारेहाटबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
पक्राउ परेका सुमन तामाङको साथबाट १६ पोका अर्थात ४ ग्राम ५० मिलीग्राम ब्राउन सुगरसहित नगद ६ हजार २ सय र निश्चल तिवारी साथबाट ५ पोका अर्थात ५ ग्राम ४० मिलीग्राम ब्राउन सुगर सहित पक्राउ गरेको धनकुटाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरुङले जानकारी दिए।

पक्राउ परेका तीनैबाट लागुपदार्थ ओसारपसारमा संलग्न को ४ प ६३३८ नम्बरको मोटरसाइकल र १/१ थान मोबाइल सेट प्रहरीले बरामद गरेको छ। पक्राउ परेका तीनै जनालाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अदालतबाट ५ दिने म्याद थप गरि अनुसन्धान भइरहेको धनकुटाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गुरुङले जानकारी दिए।

2,636 total views, 68 views today

तपाईको प्रतिक्रिया