बेलबारी,मोरङ / मोरङको बेलबारीमा पाँच दिने आधारभुत पत्रकारीता तालिम  सुरु भएको छ ।

सुचना तथा सचार क्षेत्रमा सहयोग पुर्याउने उदेश्यले बेलबारी नगरपालिकाको सहयोगमा बेलबारी जेसिज तथा अरुण खबर मिडिया प्रालिको आयोजनामा सुरु भएको पत्रकारीता तालिममा १५ जना युवा युवतिको सहभागीता रहेको छ । तालिममा यज्ञ शर्मा, महेन्द्र बिष्ट लगायतले प्रशिक्षण दिनेछन् ।

सोमबार नेत्रहीन संघ मोरङको हलमा एक कार्यक्रमबीच तालिमको उद्घाटन गरिएको छ । बेलबारी  नगरपालिकाका  मेयर ज्ञानेन्द्र सुबेदीले तालिमको उद्घाटन गरेका छन्  । उद्घाटन कार्यक्रममा बोल्दै मेयर सुवेदीले पत्रकारीतामा पेशलाई मर्यादित बनाउदै लैजानु पर्ने र त्यसका लागि नगरपालिकाले आवश्यक सहयोग गर्न नगरपालिका तयार रहेको बताए ।

उद्घाटन  कार्यक्रममा दुवै आयोजक संस्थाका पदाधिकारी, बिभिन्न संघ संस्थाका प्रतिनिधि र संचारकर्मीहरुको पनि उपस्थिति थियो ।

1,565 total views, 8 views today

तपाईको प्रतिक्रिया