उत्तम पोख्रेल ,बेलबारी / बेलबारी नगरपालिका वडा नम्बर ६ को सोमबारे बजारमा टहरा बनेपछि कृषकले  उत्पादन गरेका कृषी जन्य उत्पादनले बजार भाउ पाउन थालेको छ ।

बेलबारी नगरपालिका वडा नम्बर ६ को १४ लाख बजेटले टहरा बनेपछि कृषकले उत्पादन गरेको बस्तुले बजार भाउ पाएको हो ।

साप्तहिक रुपमा हटिया लाग्ने गरेपनि बजारको ब्यबस्थापन हुन नसक्दा बेलबारी लगायतका बजारमा ल्याएर बेच्ने बाध्य हुने गरेका कृषकलाई राहत मिल्ने गरेको छ । बेलबारी ६मा कोइरी (महतो) थरको बस्ती रहेको छ । कुहीरीहरुले लगाएको तरकारीले बजार पाउन थालेको वडा नम्बर ६का वडा अध्यक्ष उदय बहादुर राईले बताए ।

शौचालय सहितको टहरा बनेपछि सोमबारे बजारमा समेत चहलपपहल बढन थालेको वडा सचिब सालीगा्रम कोईरालाले बताए । टहरा बनेपछि दैनिक जसो बजार लाग्न थालेको छ । दैनिक ताजा तरकारी खान पाउने गरेको स्थानिय वासिन्दा राधेश्याम शाहले बताए ।

922 total views, 16 views today

तपाईको प्रतिक्रिया