दलित हकहित समन्वय केराबारीले केराबारी ९ बेलचौरीको दलित बस्तीका १२ बिपन्न परिवारलाइ कर्कटपाता बितरण गरेको छ ।

लक्षित बर्गका लागि गाउँपालिकाले बिनियोजन गरेको बजेटबाट उनीहरूलाई सहयोग गरिएको हो । शनिबार

बेलचौरीमा आयोजित एक कार्यक्रममा केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्की र गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत डम्मरु बल्लभ बरालले बिपन्न परिवारलाई कर्कटपाता लगायतका सामग्री बितरण गरे ।

बिपन्नले प्रति परिवार दश दश वटा कर्कटपाता, कांटी, वासर र तार गरी जम्मा २ लाख बराबरका सामग्री बितरण गरिएको दलित हकहित समन्वय केराबारीले जनाएको छ ।

संस्थाको बस्ती बिकास कार्यक्रम अन्तरगत उनीहरूलाई सहयोग गरिएको  दलित हकहित समन्वय केराबारीका अध्यक्ष चुरानसिंह बिकले जानकारी दिए । कर्कटपाता पाउनेमा बेलचौरीका दर्जी र ऋषिदेव परिवार छन् ।

 

1,311 total views, 4 views today

तपाईको प्रतिक्रिया