राष्ट्रप्रेमी राज पोखरेल, बिराटचोक /  केही वर्ष अगाडि सुन्दरहरैचा वार्ड नं १२ बस्ने सुरेश प्रधानले कुखुरा फर्म खोले । उक्त फर्म ५/६ वर्ष अगाडि सामान्य थियो । आधुनिक शैलीमा उक्त फर्म बनाएको १ वर्ष भएता पनि संचालनमा आएको ३ महिना मात्र भएको सन्चालकले बताएका छन ।

१० हजार  कुखुरा पाल्ने र यहाका स्थानिय व्यक्तिलाई नै रोजगारी प्रदान गर्ने उद्देश्यले खोलिएको फर्म यतिखेर विवादमा आएको छ । व्यवसायीले ठूलो लगानीमा उक्त फर्म खोलिए पनि अहिले स्थानियले बन्द गर्नुपर्ने माग सहित स्थानिय सरकार सामु दबाब दिईरहेका छन् । सुन्दरहरैचा वार्ड नं १२ मा खोलिएको उक्त फर्म आधुनिक शैली मा स्थापना गरिए पनि त्यहांबाट निस्किएको दुर्गन्धले स्थानियवासीको स्वास्थ्यमा निकै असर गरेको स्थानिय युवा दिलिप थापाले बताए ।

उक्त फर्मले वरिपरि रहेका ४० घर धुरीलाई प्रत्यक्ष असर गरेको थापा बताउछन । स्थानिय वासिहरुले उक्त फर्म बन्द गर्नु पर्ने माग सहित नगरपालिकामा दबाब दिए पछि वार्ड नं १२ का वार्ड अध्यक्ष रोशन ढकालको संयोजकत्वमा उक्त फर्म निरिक्षण गर्ने र हटाउनु पर्ने अवस्था आए हटाउनु पर्ने शर्तमा छानविन समिती गठन गरेको छ । तर उक्त छनविन समितिले पनि उक्त विषयलाई खासै महत्व नदिई चुपचाप बसेको स्थानिय युवा पर्वत श्रेष्ठ बताउछन । श्रेष्ठ भन्छन :- जनप्रतिधिहरुलाई जनताको स्वास्थ्य भन्दा भ्रमण महत्वपुर्ण भयो ।
तर १२ नं वार्ड अध्यक्ष तथा छानविन समितिका संयोजक ढकालले जनप्रतिनिधिको सिक्किम  भ्रमणका कारण छानविन नगरिएको र अब तत्काल नगरपालिकाको पशु शाखाका प्राविधिक सहित छानविन गर्नेे बताए ।

स्थानियवासीले नगरपालिकाले बजार क्षेत्रमा भएको २ कि.मि क्षेत्रलाई आवासिय क्षेत्र घोषणा गरिसकेको भएपनि त्यो फर्म कसरी दर्ता र अनुमती दईयो भनेर नगरपालिकालाई नै प्रश्न गर्न थालेका छन । उनीहरूले नेपालको संविधान २०७३ धारा ३० अनुसार जनताको स्वच्छ वातावरणमा बाच्न पाउने अधिकार हनन भएको , व्यवसायीले आफ्नो व्यवसाय संचालन गर्दा पशु निर्देशिका अनुसार फर्म नचलाएको तथा जनताको स्वास्थ्यमा नगरपालिकाले खेलबाड गरेको भन्दै नगरपालिकामा दबाब दिईरहेका छन । तर अब धेरै दिन नगरपालिकालाई दबाब नदिने र नगरपालिकाले यो विषयमा चासो नदिए अदालतसम्म जाने स्थानिय युवाहरु बताउछन ।
यता फर्म संचालक सुरेश प्रधान भन्छन :- करोडौको लगानी गरिसकेको हुनाले ५/६ वर्षको समयपछि उचित स्थान व्यवस्थापन गर्ने बताउंछन ।तर स्थानिय बासी भने बढिमा १ वर्षको नत्र ६ महिनाको समय दिन सक्ने बताउछन ।

यसरी सुन्दरहरैचा नगरपालिका क्षेेेेत्रमा उधमीहरुको संख्या दिनदिनानु दिन बढ्दै गैइरहे पनि  व्यवसाय गर्ने फर्म उपयुक्त स्थानमा छ कि छैन भनेर अनुसन्धान खोज नगर्दा सुन्दरहरैचा दिनानुदिन प्रदुशित हुँदै गैइरहेको छ ।

3,477 total views, 67 views today

तपाईको प्रतिक्रिया