धनकुटा, २७ जेठ । धनकुटा नगरपालिका वडा न ३ कागतेमा सम्पन्न अन्तर वडा स्तरिय पुरुष भलिबल प्रतियोगिताको उपाधी वडा न ७ ले जितेको छ । धनकुटा नगरपालिका वडा न ३ को सहयोग तथा समृद्धी युवा क्लव धनकुटा ३ को आयोजनामा सम्पन्न प्रतियोगिताको फाईनल खेलमा वडा न ६ लाई ३–१ को सेटमा स्तब्ध बनाउदै वडा न ७ ले उपाधि जितेको हो ।
वडा न ७ ले वडा न ६ लाई लाई २५–२२,२१–२५ २५–२३ र २५–२१ ले आफ्नो पक्षमा पादै उपाधि जितेको थियो । जितसँगै वडा न ७ ले नगद २५ हजार ट्रफि हात पारेको छ भने वडा न ६ ले नगद १५ हजारमा चित्त बुझाएको छ।
प्रतियोगितामा धनकुटा नगरपालिकाका ७ वटा वडाहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा सर्वोकृष्ट खेलाडी, बेष्ट स्पाईकर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट ब्लकर, बेष्ट सेटर, बेष्ट सर्भर लगायतमा खेलाडीहरु पुरस्कृत भएका थिए । बिजेता टिम तथा खेलाडीलाई वडा न ३ वडाध्यक्ष विकास घिमिरे, वडा न ६ वडाध्यक्ष नरेश श्रेष्ठ, वडा न १० वडाध्यक्ष कमल कार्की, आयोजक समृद्धि युवा क्लवका अध्यक्ष मोहन खानलगायतले पुरस्कृत गरेका थिए । समापन कार्यक्रममा प्रतियोगितालाई सहयोग पुर्याउने बिभिन्न संघ संस्थालाई कदर पत्रले सम्मान गरिएको थियो भने वडा न ३ का पूर्व खेलाडिहरु उद्धव श्रेष्ठ, दीपक गुरुङ्ग, ध्रुव थापा, नयन श्रेष्ठलाई सम्मान गरिएको थियो ।

1,631 total views, 6 views today

तपाईको प्रतिक्रिया