बिराटचोक / ईन्द्रपुर जेसिजले संचालन गरेकाे पिएलअाे ईन्द्रपुर जेसिज अन्तर विद्यालय हाजिरिजवाफकाे फाईनल प्रतियाेगिता सम्पन्न भएको छ ।

जेठ २२ गतेबाट ईन्द्रपुर जेसिजकाे सभाहलमा सुरु भएकाे अन्तरमावि जिल्लास्तरीय हाजिरजवाफकाे फाईनल प्रतियाेगितामा बालप्रतिभा ई स्कुल सुन्दरहरैचाले प्रथम स्थान हासिल गरेकाे छ भने वि के विएम विराटनगर, स्कलर्सहाेम सुन्दरहरैचा, बालजागरण ई स्कुल, पथरी क्रमशः दित्तीय, तृतीय र सान्त्वना भएका छन्  ।

जिल्लाभरका ४८ वटा विद्यालयकाे सहभागिता रहेकाे उक्त प्रतियाेगितामा विभिन्न ८ वटा विद्यालयहरु फाईनलमा पुगेका थिए ।

जेठ २६ गते सम्पन्न प्रगिताकाे उद्घाटन प्रतिनिधिसभा सदस्य भानुभक्त ढकालले शनिबार  एक कार्यक्रमविच गरेका छन् ।कार्यक्रममा सुन्दरहरैचा प्रमुख शिवप्रसाद ढकाल उपमेयर धना तामाङ, उध्याेग बाणिज्य महासंघ सुन्दरहरैचाका अध्यक्ष नवराज चापागाई लगायतका महानुभावकाे सहभागिता रहेकाे थियाे ।

उद्घाटन समाराेहलाई संबाेधन गर्दै प्रमुख अतिथि माेरङ जिल्ला क्षेत्र नं ३ का प्रतिनिधिसभा सांसद भानुभक्त ढकालले यस्ता प्रतियाेगिताले विद्यार्थीहरुकाे क्षमतामा वृद्धि गर्ने वताए । साथै उनले सबै प्रतियाेगी विद्यालयलाई शुभकामना समेत दिएका थिए ।

विजयी विद्यायलाई सुन्दरहरैचा नगरपालिकाकी उपमेयर धना तामाङले पुरस्कार तथा सिल्ड प्रदान गरेकी थिईन ।

2,338 total views, 2 views today

तपाईको प्रतिक्रिया