बेलबारी, मोरङ / बेलबारी नगरपालिकाले बिद्यार्थीहरुलाई लोक बाजा बजाउन सिकाउन थालेको छ ।

कक्षा १ देखी ५ कक्षा सम्मका बिद्यार्थीहरुलाई नगरपालिकाले लोकबाजा (मादल) नृत्य,गायन, चित्रकला सिकाएको नगरपालिकाको कार्यालयले जनाएको छ । पाठयक्रमका आधारमा बिद्यार्थीहरुलाई एक हप्ता सम्म तालिम दिएर बिद्यार्थीहरुलाई अतिरिक्त क्रिर्याकलापमा सहभागी गराएको नगरपालिकाकी उप प्रमुख ढाका पारजुलीले बताईन् ।

सामुदायिक बिद्यलाय प्रति बिद्यार्थीको आकर्षण घटदै जान थालेपछि नगरपालिकाले बिद्यार्थीहरुलाइ आकर्षण बढाउन बिभिन्न अतिरिक्त क्रिर्याकलाप गर्ने गरेको नगरपालिकाको कार्यालयले जनाएको छ । एक जना शिक्षकलाई समेत नगरपालिकाले सो तालिम दिएको छ ।

1,433 total views, 2 views today

तपाईको प्रतिक्रिया