तमोर नदिको कटान नरोकिदा भविश्यमा बस्तिनै नरहने हो कि भन्ने खतरा बढेको स्थानिय छेतेन शेर्पाले बताए । तमोर नदिको किनारामा रहेको र तमोरले बनाएको पहिरोले वर्षेनि घर भत्काउने गरेको शेर्पाको भनाई रहेको छ ।सदरमुकाम फुङ्लिङदेखि २६ कोष उत्तरमा रहेको फुक्ताङ्लुङ गाउँपालीकामा रहेको ओलाङचुङगोला बस्ति नै पहिरोको खतरामा परे पनि पहिरो रोकने प्रयास भने कतैबाट हुन सकेको छैन । तमोर नदीको किनारमा रहेकोले नदिले बस्ति तिर काट्दै लगेको र ठुलो बाढी आएर बस्तिनै बगाउने अवस्थामा रहेको शेर्पाको भनाई रहेको छ ।चीनको तिब्बत सँग सिमाना जोडिएको महत्वपुर्ण व्यापारीक बजार भए पनि बजार जोगाउन कसैको ध्यान नगएको स्थानियको गुनासो रहेको छ । ऐतिहासिक रुपमा बनाईका काठका लहरै घर रहेको सो बस्तिको ओलाङचुङगोला बजारमा ६५ घर एकै ठाउँमा रहेका छन् ।- हिमशिखर टीभी

5,753 total views, 2 views today

तपाईको प्रतिक्रिया