केशु विरही/ माेरङकाे सुन्दरहरैचा नगरपालिकामा जेठ २२ गतेबाट संचालन भइरहेकाे पिएलअाे इन्द्रपुर जेसिज ईन्टर मावि हाजिरजवाफ प्रतियाेगिता २०१८ का सेमिफाईनल सम्पन्न भएका छन् ।

जेठ २१ बाट सुरु भएकाे उक्त प्रतियाेगितामा माेरङ जिल्लाभरिका ४८ वटा विद्यालय सहभागी रहेकाे अायाेजकले जनाएकाे छ ।

इन्द्रपुर जेसिजको अायाेजनामा संचालन भइरहेकाे उक्त प्रतियाेगितामा पिएलअाे लुव्रिक्यान्ट मुख्य प्रायाेजक रहेकाे छ भने सिद्धार्थ ई स्कुल, बालप्रतिभा ई स्कुल लगायत अन्य विभिन्न विद्यालय तथा स्थानीय संघ संस्थाहरुले प्रायाेजन गरेका छन् । प्रतियोगिताको मुख्य प्रबर्द्धक भने सुन्दरहरैचा नगरपालिका रहेको छ ।

प्रतियाेगितालाई सहज वनाउन प्रत्येक सिफ्टमा १० वटा विद्यालयलाई मात्र सहभागी गराईएकाे थियाे । एक सिफ्टमा सहभागीमध्येबाट ४/४ वटा उत्कृष्ट टिमलाई सेमिफाईनलमा सहभागी गराइएकाे थियाे ।

अायाेजक संस्था ईन्द्रपुर जेसिसका वर्ष २०१८ का अध्यक्ष रुद्र थापाले दिएकाे जानकारी अनुसार २२ गते आठ  र २३ गते आठ गरी जम्मा २० वटा विद्यालयहरु सेमिफाईनलमा पुगेका थिए ।  तिनीहरुकाे सेमिफाईनल खेेल जेठ २४ गते सम्पन्न भएकाे छ ।

बिहीबार भएकाे सेमिफाईनल प्रतियाेगिताबाट वाल जागरण इ स्कुल, न्यु पगाेडा ई स्कुल -पथरी, एभरेष्ट इ स्कुल, पिनाकल्स इ स्कुल, बालप्रतिभा ई स्कुल लगायतका आठ  वटा विद्यालयहरु फाईनलमा प्रवेश गरेका छन ।

प्रतियाेगितामा सुविजिमुर इ स्कुल- सुन्दरहरैचा, प्रभातकिरण, बाल्मीकी, एभरेष्ट इ स्कुल पथरी, माेडन एरा विराटनगर, ज्ञानज्याेति इ स्कुल साजिलाल उच्च मावि, पशुपति उर्लावारी, वालप्रतिभा इ स्कुल, शिक्षा सन्देश इ स्कुल बेलबारी, पिनाकस इ स्कुल र स्कलर्स हाेम लगायतका विद्यालयहरु सेमिफाईनलमा पुगेका थिए  ।

प्रतियाेगिताकाे फाईनल भने जेठ २६ गते हुने अायाेजकले जनाएकाे छ ।

3,064 total views, 2 views today

तपाईको प्रतिक्रिया