किशोर भण्डारी , बिराटचोक । सुन्दर सामुदायिक सेवा सदन सुन्दरहरैचा – ६ माेरङको आयोजनामा जेठ १९ देखि २३ गतेसम्म पाँच  दिने प्रस्तावना तथा प्रतिबेदन लेखन तालिम  सम्पन्न भएको छ । 

स्थानिय गाेकुलम रिसाेर्टमा सम्पन्न भएको तालिममा  बिज्ञ प्रशिक्षकद्वय प्रकाश पाेख्रेल र टेकबहादुर थपलियाले सहजिकरण गरेका थिए । तालिममा बेलबारी र सुन्दरहरैचा नगरपालिकाबाट १२ जना महिला र ३२ जना पुरुष गरी ४४ जना सहभागी थिए ।

तालिममा कार्यलयहरुमा पेश गरिने प्रस्ताब लेखन ,प्रतिबेदन लेखन , अनुगमन मुल्याङकन जस्ता बिषयहरुमा प्रशिक्षण लिएको सहभागी प्रशिक्षार्थी प्रिस्किला गाैतमले बताईन् ।

तालिमले सामाजिक संघ संस्था र कार्यालयहरुलाई याेजनाअनुरुप कार्यहरु सम्पन्न गर्न तथा अनुगमन गर्न महत्त्वपूर्ण सिद्द हुने र शिपयुक्त जनशक्ति बिकासका संबाहक पनि हुने प्रशिक्षक टेकबहादुर थपलियाले बताए ।

विभिन्न मनेारन्जनात्मक कार्यक्रमहरु सहित सम्पन्न प्रशिक्षणको समापन कार्यक्रममा बेलबारी नगरपालिकाका नगरप्रमुख ज्ञानेन्द्र सुबेदीकाे शुभकामना मन्तब्य पढेर सुनाईएकाे थियाे ।समापन  कार्यक्रममा  डिल्लीराम ढकाल,गंगा गुरुङ, शतिस पाेख्रेल, ज्ञानेन्द्र अाेझा, उमनाथ भट्टराई  र टेकबहादुर थपलियाले अाअाफ्नाे मन्तब्य राख्नु भएकाे थियो । कार्यक्रम संस्थाका अध्यक्ष पितकुमार श्रेष्ठ काे अध्यक्षतामा  भएकाे थियाे।

1,540 total views, 4 views today

तपाईको प्रतिक्रिया