कतारको एक अदालतले  नेपाली नागरिक अनिल चौधरीलाई गोली हानेर मृत्युदण्ड दिने फैसला सुनाएको छ ।

कतारी नागरिक उमैर मोहोम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्या गरेको आरोपमा तल्लो अदालतले सो फैसला सुनाएको हो । तल्लो अदालतले गरेको फैसला उपर नेपाली दूतावासले चौधरीको जीवनरक्षाको लागि सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।चौधरीको जीवन रक्षाका लागि पुनरावेदन गरिएको कतारस्थित नेपाली दूतावासले जनाएको छ।

सर्वोच्चमा बहस गर्नको लागि लाग्ने वकिल खर्च (झन्डै ३० हजार रियाल, करिव ६ लाख रुपैयाँ) राजदूतावासले सरकारसँग माग गरेको छ । परराष्ट्र मन्त्रालयले श्रम मन्त्रालय मार्फत वैदेशिक रोजगार प्रर्वद्धन बोर्डलाई पैसा उपलब्ध गराउन सिफारिस  गरेको छ ।

सन २०१५ अगष्ट २७ गते कतार गएका चौधरी  कार वास कम्पनीमा सामान्य मजदुरको हैसियतमा काम गर्थे। उनलाई केन्द्रीय कारगारमा राखिएको छ।

नेपालीद्वारा कतारी नागरिकको हत्या गरिएको यो नै पहिलो घटना हो । हालसम्म हत्या अभियोग लागेका नेपालीहरु मध्ये चौधरीविरुद्व आएको आदेश पनि सबैभन्दा कडा हो।

कतारमा नेपालीद्वारा नेपालीकै हत्या अभियोगमा लागेकाहरु भने १० जना जेलमा छन् । जेलमा बस्नेहरूमा पोखराका कौशल कार्की (१० वर्ष जेल र दुई लाख ६० हजार रियाल ब्लडमनी) ,गणेशकुमार कार्की (आजीवन कारावास र २ लाख ६० हजार रियाल जरिवाना),  सिद्धी नाज र बालकुमार श्रेष्ठ ( आजिवान कारावास र दुई लाख ६० हजार रियाल जरिवाना), भविलाल कुमार दनुवार (फैसला भइनसकेको) छन् । त्यसैगरी बिष्णु दर्जे र उर्गेन शेर्पालाई दीपक रोक्काको हत्या अभियोग लगाइएको छ । विनोद रानाभाट, अन्सारुल रैन, राम महरा  पनि हत्याको अभियोगमा जेलमै छन् ।

9,326 total views, 38 views today

तपाईको प्रतिक्रिया