एकाएकै चर्चित गीतहरु पस्कदै र आम दर्शक श्रोताहरुमाझ आफ्नो लोकप्रियता कमाउन सफल हुुने कलाकार थुुप्रै छन् ।
रामजी खाण पनि त्यसरी नै एकाएक चर्चित भएका थिए । गायिका प्रिती आले पनि एउटा ब्याटल दोहोरी गाएर एकाएक चर्चित बनिन् ।
 तिनै चर्चिततिनै गायक गायिका तथा अभिनयकर्ता रामजी र प्रीतिलाई साथ लिएर गायक तथा सर्जक माधब थापाको “बैना” सार्वजनिक गरिएको छ  ।

माधब थापाको लय तथा शब्दलाई टपक्क टिपेर गायिका प्रिती आले र माधब थापाले नै आबाज दिएका छन्। जुन गीतमा रामजी खाड र प्रिती आलेको बेजोड अभिनय देख्न सकिन्छ ।

उक्त गीतलाई मनोज कार्कीले सम्पादन गरेका हुन् भने करण चैसिरले छांयाङकन गरेका हुन् । निर्देशन मौसम हिमालीको गरेका हुन् ।उक्त गीत  सुनाखरी मल्टी मिडियाबाट सार्वजनिक भएको हो  ।

1,293 total views, 41 views today

तपाईको प्रतिक्रिया