भारतको ओडिसास्थित बालेश्वर जिल्लाका एक  पुरुषले आफ्नै पत्नीलाई जुवामा हारेर अर्कालाई सुम्पेका छन् ।

जुवडे लोग्नेले जब जुवा हारे, तब जुवा जित्ने व्यक्तिलाई आफ्नी पत्नी सुम्पिए । अनि जित्नेले जुवामा जितेकी अर्काकी श्रीमतीलाई उनकै लोग्ने अगाडि बलात्कार गर्यो ।

ती महिलाका अनुसार गत मे २३ मा उनका लोग्ने राति ११ बजे घर आएर उनलाई आफूसँगै हिड्न भने  ।  तर कहाँ जाने ? भनेर सोध्दा कुनै जवाफ दिएनन् ।

त्यसपछि उनलाई जबरजस्ती गाउँ भन्दा बाहिर लगे, जहाँ लोग्नेका एकजना साथी पहिलेदेखि नै कुरेर बसिरहेका थिए ।

लोग्नेका ती साथीलाई महिलाले पहिले देखिनै चिन्थिन् र भाइ भन्थिन् । तर अकस्मात ती पुरुषले उनको हात समातेर तान्न खोजे । उनले विरोध गरिन् तर लोग्नेले त्यो परपुरुषलाई झापड हान्नुको साटाे उल्टै आफ्नै श्रीमतीको साडी फुकालिदिए अनि श्रीमतीलाई त्यहीँ जुवाडे साथीलाई  बुझाइदिए ।

आफूलाई त्यो जुवा जित्नेवाला मानिसले केही पर लगेर बलात्कार गरेको उनले बताएकी छिन् ।

अर्को दिन बिहान ती महिलाकी छोरीले एक आफन्तलाई  फोन गरी आमामाथि भएको बलात्कारको बेलिविस्तार लगाइन् । महिलाका बाबु उनको घर आएर पीडित महिलालाई माइत लगेर गए ।

पीडित महिलाले स्थानीय प्रहरी चौकीमा बलात्कारको उजुरी दर्ता गराएकी छन् । घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ । घटनापछि उनका पति र जुवामा जितेर बलात्कार गर्ने पुरुष दुवैजना फरार छन् ।- बीबीसीबाट

4,240 total views, 88 views today

तपाईको प्रतिक्रिया