बेलबारी, मोरङ  । बेलबारीका पत्रकार दिनेश गिरीमाथि शनिबार अपरान्ह आक्रमण भएको छ ।

तीनवटा मोटरसाइकलमा गएका स्थानीय युवाहरुको एक समूहले गिरीको घरमै पुगेर शनिबार बेलुका साढे चार  बजेतिर आक्रमण गरेका थिए । रड र ढुंगाले टाउकोमा प्रहार गरेका कारण चोट लागेर गिरी गम्भिर घाईते भएका छन् । उनलाई छुरा प्रहारको प्रयास समेत भएको तर नलागेको पत्रकार भोजराज बस्नेतले जानकारी दिए ।
घाईते गिरीलाई बिराटनगरस्थित नोबेल अस्पतालमा उपचार गरिएको छ । घटनाको कारण खुलेको छैन ।

घटनामा संलग्न भएको आरोपमा दुइजना पक्राउ परेका छन् ।  इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार    आक्रमणको योजनाकार तथा घटनामा संलग्न भएको आरोपमा बिशाल थापा र चित्र खड्का  पक्राउ परेका छन् ।

प्रहरीका अनुसार आक्रमणमा संलग्न अन्यको पनि खोजी भइरहेको छ  । प्रेस युनियन मोरङका कोषाध्यक्ष समेत रहेका गिरी बेलबारीबाट संचालित  निरन्तरखबर डटकमका सम्पादक र मिडिया समाज मोरङका सचिब समेत हुन् ।

मिडिया समाज र सञ्चार क्लबको आपत्ति 

मिडिया समाजले पत्रकार गिरीमाथि भएको आक्रमणको निन्दा गर्दै दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेको छ ।

अध्यक्ष अम्बिका भण्डारीद्वारा आइतबार प्रकाशित बिज्ञप्तिमा ज्यान मार्ने नियतले आक्रमणका दोषीलाई कडा कारबाही गर्न र सञ्चारकर्मीले स्वतन्त्रतापुर्वक काम गर्ने वातावरण मिलाउन सरकारसंग माग गरिएको छ ।

यसैबीच सन्चार क्लब नेपाल उर्लाबारीले पनि बिज्ञप्ति  प्रकाशित गर्दै घटनाको घोर निन्दा गरेको छ । महासचिव किशोर श्रेष्ठले जारी  गरेको बिज्ञप्तिमा ज्यान मार्ने नियतले आक्रमणमा संलग्न अपराधीहरुलाइ कडा कारबाहीको माग गरिएको छ ।

6,251 total views, 3 views today

तपाईको प्रतिक्रिया