बेलबारी, माेरङ / बेलबारी नगरपालिकाद्वारा गठित वडा नम्बर  २ का टोल समितिहरु बिच  भाइचारा सम्बन्ध कायम गराउने उद्देश्यले आयोजित खुला नकआउट फुटबल प्रतियोगिता शनिबारदेखि लालभित्तिमा शुरु भएको छ ।
निरन्तर कबिर बिकास समितिले आयोजना गरेको प्रतियोगितामा १४ वटा टिमहरु सहभागी भएका छन् । बेलबारी २ स्थित सिंहदेवी  खेल मैदानमा भएको प्रतियोगिता जेठ २१ गते सकिनेछ ।

त्यसैगरी गोपाल मेमोरियल बोर्डिङको आयोजनामा सहिद संमृति अाधारभूत विद्यालय बेलबारी१ कुसुमेकाे खेलमैदानमा  अन्तर निजी विद्यालय शिक्षक मैत्रीपूर्ण फुटवल खेल शुक्रबारदेखि  शुरु भएको छ ।
प्रतियाेगितामा  बेलबारी, सुन्दरहरैचा र केराबारी नगरपालिकाका विभिन्न ८ वटा टिमले भाग लिईरहेका अायाेजक संस्थाले वताएकाे छ । प्रतियोगितामा यो हप्ताको शुक्रबार र शनिबार खेल भए भने आउँदो शुक्रबार र शनिबार खेल भएपछि शनिबार अर्थात  माघ २६ मा फाइनल सकिनेछ ।

2,345 total views, 2 views today

तपाईको प्रतिक्रिया