रक्तदान गरेर त्यही दिन १ सय किलोमिटर साइकल यात्रा, त्यसमाथि बन्जी जम्प पनि । पोखराका प्रख्यात साइकल यात्री जितेन्द्रमान शाक्यले यस्तो साहसिक काम एकै दिन सम्पन्न गरेका छन् ।
साइकल यात्रामै रमाउँदै आएका शाक्यले बुधबार राजधानीको बालकुमारीस्थित ब्लड बैंकमा विहान रक्तदान गरेर साइकल यात्रा सुरु गरेका थिए ।
उनको यात्रा १ सय किलोमिटर टाढाको भोटेकोशीस्थित द लास्ट रिसोर्टमा दिउँसो टुंगिएको थियो । त्यसलगत्तै उनले बन्जीजम्प समेत गरे । एकै दिन रक्तदान, साइकल यात्रा र बन्जीजम्प गरेर उनले अनौठो साहसिक रेकर्ड कायम गरेका छन् । 

5,039 total views, 10 views today

तपाईको प्रतिक्रिया