रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर रजिष्ट्रेशन सम्बन्धी सम्पूर्ण कार्यहरु भिवोर क्यापिटल लिमिटेडले गर्ने भएको छ ।

उक्त कार्यको लागि रैराङ हाइड्रोपार डेभलपमेन्ट कम्पनी र भिवोर क्यापिटल बिच बिहीबार  सम्झौता भएको हो ।
रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका तर्फबाट सो कम्पनीका कार्यकारी संचालन गुरु प्रसाद न्यौपाने र भिवोर क्यापिटल लिमिटेडका तर्फबाट सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत बद्रि बिक्रम थापाले हस्ताक्षर गर्नुभएको छ ।

ट्रेड टावर थापाथलीको चौथो तल्लामा अवस्थित भिवोर क्यापिटलले असार १ गतेदेखि रैराङ हाइड्रोपावरको सेयर रजिष्ट्रेशन सम्बन्धी सम्पूर्ण कार्य गर्ने रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले जनाएको छ ।

1,237 total views, 26 views today

तपाईको प्रतिक्रिया