महेन्द्रप्रसाद पोखरेल

चलचित्र ‘पटुकी’ बाट चलचित्र निर्माणमा प्रबेश गरेका म्याक टेन कालुले नयाँ चलचित्र निर्माण गर्ने भएका छन् ।

गीतकार, कलाकार साथै निर्माता समेत रहेका म्याक टेन कालुले अब नया चलचित्र निर्माण गर्ने भएका छन् । चलचित्रमा कालुका छोरा बिर्जन मिजारले चर्चित भारतीय डान्स रियालिटी शो डी आई डी कि बिजेता तेरिया मगरसँग रोमान्स गर्ने भएका छन् ।

निर्माणाधिन चलचित्र मायाँको मोलमा तेरिया मगर र बिर्जन मिजारले अभिनय गर्नेछन ।

चलचित्रमा बिर्जन र तेरिया सँगै म्याक टेन कालु, रजनी केसी, प्रमिला बिसी, बिनोद परियार लगायतको अभिनय रहने भएको छ । फिल्ममा कालु भिलेन अबतारमा देखिने पक्का भएको छ । मनसुधा मिडिया प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा सुजन बिश्वकर्माको कोरियोग्राफी रहने भएको छ ।

तेरिया मगरले नेपाली चलचित्रमा अभिनय गर्ने भएपछी यस्को चर्चा सर्बत्र हुन थालेको छ ।

निर्माता म्याक्टेन  कालु अहिले राजधानीमा नै रहेका छन ।अपेक्षा अनुरुप काम भएमा चलचित्र हिट हुने उन्को दाबी रहेको छ ।

सफल नृत्यकार तथा कोरियोग्राफर अनि बिभिन्न अवार्डहरु समेत प्राप्त गरिसकेका सुजनले चलचित्रमा सुनमा सुगन्ध भर्ने छन भने उन्को कोरियोग्राफी सँगै तेरियाको अभिनयले यस चलचित्रलाई थप उचाई दिने कुरा नकार्न सकिँदैन।

5,543 total views, 74 views today

तपाईको प्रतिक्रिया