बेलबारी,मोरङ / बास्केटबल कोर्ट निर्माणका लागि सहयोग जुटाउने उद्देश्यले बेलबारीमा साङगितिक लाइभ कन्सर्ट हुने भएको छ ।

बेलबारीको वाड नं. ३ स्थित मालपोत चौकमा जेष्ठ १९ गते शनिबार नेपाल आइस स्ट्रोङको प्रस्तुतिमा हुुने कन्सर्टमा “खेलकुद विकासका लागि सांङ्गितिक सहयात्रा” भन्ने नारा तय गरिएको छ ।

बेलबारी बास्केटबल क्लबको आयोजनामा र बेलबारी युथ कल्बको सहआयोजनामा कार्यक्रम हुन गैरहेको हो ।
कार्यक्रमको मुख्य आकर्षण गायक नितेसजंग कुंवर र स्मृती ब्यन्ड रहको बेलबारी बास्केटबल क्लबका सल्लाकार तथा कार्यक्रम संयोजक गजेन गुरुङले बताए ।

कार्यक्रमबाट संकलित सहयोगले बास्केटबल कोर्ड निर्माण गरिनेछ । साथै बेलबारीलाई खेल मैत्री नगरपालिका बनाउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको बेलबारी बास्केटबल कल्बका अध्यक्ष सन्दिप राईले बताए ।
खेलको तयारी अन्तिम चरणमा रहेको क्लबका सचिव निरज रिमालले जनाए । क्लबका कोषाध्यक्ष सुवास राईले कार्यक्रम सफल बनाउन साथै कोर्ड निर्माण गर्नको लागि बैदेशिक रोजगारमा भएका स्थानिय युवाहरु, स्थानिय ब्यक्ति, ब्यवसाही लगायत बिभिन्न संघ संस्थाबाट आर्थिक सहयोग भैरहेको जनाएका छन ।

कार्यक्रमको लागि गोर्खा लाहुरे तालीम केन्द्र प्रायोजक र पाराङ्हा कोरियन भाषा केन्द्र तथा  बेलबारी कृषक दाना उद्योग सह प्रायोजक रहेका छन् ।बेतना सिमसार सामुदायिक वन पर्यटन प्रबर्द्धक रहेको कन्सर्टको साउण्ड पार्टनर एन एस एस बिर्तामोड रहेको छ ।

त्यसैगरी न्यु बेलबारी होटल एण्ड गेष्ट हाउस हस्पिटालिटी पार्टनर तथा बेलबारी नगरपालिका, बेलबारी सितारियो करांते डोजो र रिकभरिङ ग्रुप बेलबारी सहयोगी संस्थाका रूपमा छन् ।

कार्यक्रममा संयन्त्र डटकम, ब्लाष्ट दैनिक, कोशी नेपाल टीभी, रेडियो बेतना र निरन्तर खबर डटकम र बेतना दैनिक मिडिया पार्टनर छन् ।

4,294 total views, 34 views today

तपाईको प्रतिक्रिया