सरकारले मोरङ १७ वटा स्थानीय तहका लागि ५ अर्व ३० करोड ८२ लाख बढी बजेट छुट्याएको छ ।
मोरङका स्थानीय तहमध्ये विराटनगर  महानगरपालिका ७८ करोड २० लाख बजेट छुट्याइएको छ । त्यस्तै सुन्दरहरैंचा नगरपालिकाले सुन्दरहरैंचा नगरपालिकाले ४१ करोड ५२ लाख बजेट पाएको छ । यो विराटनगरपछि
बढी जनसंख्या भएको नगरपालिका हो । त्यसैगरी उर्लाबारी नगरपालिकालाई ३३ करोड १५ लाख, पथरिशनिश्चरेलाई ३२ करोड ९६ लाख, बेलबारीलाई ३६ करोड २९ लाख, रंगेलीलाई ३३ करोड १० लाख, रतुवामाईलाई ३४ करोड ६७ लाख, सुनवर्सी नगरपालिकालाई २८ करोड ४७ लाख बजेट छुट्याइएको छ ।
नगरपालिकाहरुमध्ये उत्तरी मोरङमा पर्ने लेटाङ नगरपालिकालाई सबैभन्दा कम बजेट छुट्याइएको छ । क्षेत्रफलको हिसावले मोरङको दोश्रो ठूलो स्थानीय तह भएपनि जनसंख्या भने कम भएको लेटाङ नगरपालिकाले सबैभन्दा कम २३ करोड ७१ लाख बजेट पाएको छ । लेटाङले मोरङका अन्य सबै नगरपालिका भन्दा कम तथा अन्य ३ वटा गाउँपालिकाले भन्दा पनि कम बजेट पाएको छ । गत आर्थिक वर्षमा पनि लेटाङले सबैभन्दा कम बजेट पाएको थियो ।
            यता गाउँपालिकातर्फ ग्रामथानले सबैभन्दा बढी २५ करोड १२ लाख बजेट पाएको छ । त्यसपछि क्रमशः बूढीगंगा गाउँपालिकाले २४ करोड ८१ लाख, धनपालथानले २४ करोड ७३ लाख, कानेपोखरीले २३ करोड ५३ लाख, केराबारीले २३ करोड १६ लाख, जहदाले २३ करोड ८ लाख, मिक्लाजुङले २२ करोड ६५ लाख र कटहरीले सबैभन्दा कम २१ करोड ६७ लाख बजेट पाएको छ । – रेवती निरौला

17,631 total views, 7 views today

तपाईको प्रतिक्रिया