अर्थमन्त्री डा. युवराज खतिवडाले  मंगलबार संघीय संसदको संयुक्त बैठकमा १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् ।

सरकारले चालू खर्चतर्फ ८ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख रुपैयाँ छुट्याएको छ । त्यस्तै, पुँजीगत खर्चतर्फ ३ खर्ब १३ अर्ब ९९ करोड ८२ लाख विनियोजन गरिएको छ ।

त्यसैगरी वित्तीय व्यवस्थातर्फ १ खर्ब ५५ अर्ब ७१ करोड ६० लाख अर्थात् ११.८ प्रतिशत बजेट विनियोजन गरिएको छ । कुल बजेट गत वर्षकोभन्दा ३७ अर्ब रुपैयाँले बढी हो ।

आगामी आर्थिक वर्षमा ८ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने सरकारी लक्ष्य छ । बजेटमा मुद्रा स्फीतिलाई ६.५ प्रतिशतमा सीमित राख्ने दावी पनि  गरिएको छ ।आगामी आर्थिक वर्ष थप ५ लाख व्यक्तिलाई रोजगारीमा आवद्ध गर्ने दावी पनि बजेटमा गरिएको छ ।

1,390 total views, 28 views today

तपाईको प्रतिक्रिया