उत्तम पोख्रेल ,बेलबारी / महिलाहरुलाई ब्यबशायिक बनाउन बेलबारी नगरपालिकाले सोमबारदेखि जुत्ता चप्पल बनाउने तालिम शुुुुरु गरेको छ ।

२२ दिन सम्म चल्ने तालिमको एक कार्यक्रमका बिच उद्घाटन गरीएको छ । नगरपालिकाका उप प्रमुख ढाका कुमारी पराजुलीले तालिमको उद्घाटन गर्दै महिलाहरुलाई ब्यापार ब्याबसाय र उद्योग धन्दामा प्रोत्साहन गर्ने गरी नगरपालिकाले काम गरेको बताइन् ।

प्रत्येक वडा तिन तिन जना महिलाहरुलाई सहभागी गराएर तालिम दिन थालेको तालिका समयोजक खिना थापाले बताईन । लक्षित बर्गलाई समेटेर तालिम दिईरहेको समयोजक थापाको भनाइ रहेको छ ।

महिलाहरुलाई आत्म निर्भर बनाउने लक्ष्यका साथ तालिमको आयोजना गरीएको नगरकार्यापालिका सदस्य बिन्दु कला गुरुङले बताईन् ।

5,557 total views, 30 views today

तपाईको प्रतिक्रिया