बेलबारी, मोरङ / प्रदेश सरकारले जनतासँग प्रहरी कार्यक्रम अन्तर्गत स्टिकर टाँस्ने अभियान थालेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सोमबारदेखि  स्टिकर टाँस्ने अभियान थालेको हो । कार्यक्रम अन्तरगत बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुबेदीले एक घरमा स्टिकर टाँसेर उद्घाटन गरेका छन ।

प्रदेश सरकारले एक महिनाभित्र १४ वटै जिल्लाको १० हजार नागरिकको घरमा स्टिकर टाँस्ने बताएको छ । त्यसका लागि करिब ५० लाख रुपैयाँको लागतमा स्टिकर तयार पारिएको छ । स्टिकर टास्नुका साथै पारिवारीक बिरण समेत राखिने ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक रामजी कट्वालले बताए ।

स्टिकरमा प्रदेश प्रहरी कार्यालय विराटनरको टोल फ्रि नम्बर, संघीय प्रहरी कार्यालयको टेलिफोन नम्बर र सम्बन्धित जिल्ला प्रहरी कार्यालयको नम्बर राखिएको छ ।

5,290 total views, 4 views today

तपाईको प्रतिक्रिया