उत्तम पोख्रेल, बेलबारी मोरङ / बेलबारी नगरपालिकाले आईतवारदेखि सामुदायिक बिद्यालयमा विद्युतीय हाजिरीको मेेेेसिन जडान गर्न सुरु गरेको छ ।

नगरपालिकाले सामुदायिक बिद्यालय देखी विद्युतीय हाजिरी मेसिन जडान गर्न सुरु गरेको हो । ३२ वटा सामुदायिक बिद्यालय ११ वटा वडा कार्यालय र ५ वटा स्वास्थ संस्थामा गरी जम्मा ५० वटा विद्युतीय हाजिरी मेसिन जडान गर्नका लागि प्राबिधिकको टोली वडा वडामा गईसकेको बेलबारी नगरपालिकाका लेखा अधिकृत टेकनाथ रेग्मीले बताए ।

‘सामुदायिक बिद्यालयबाट जडान शुरु गरेका छौं’ रेग्मीले भने ‘अब वडा कार्यालय तथा स्वास्थ चौकिहरुमा जडान गर्छौं  ।’
९ लाख १६ हजार ३ सय लागतमा मेसिनहरु जडान गर्न थालेको लेखा अधिकृत रेग्मीले बताए । सामुदायिक बिद्यालयलाई लक्षित गरेर नगरपालिकाले विद्युतीय हाजिरी प्रणाली ल्याएको थियो ।

निजि बिद्यालयप्रति अविभावक तथा बिद्यार्थीको आकर्षण बढदै गएसगै सामुदायिक बिद्यालयले पढाईको गुणस्तर बढाउन नगरपालिकाले बिभिन्न योजना संचालन गरेको छ । ‘शैक्षिक ब्यापारका रुपमा अभिभावक तथा बिद्यार्थी प्रयोग भएका छन् ‘ बेलबारी नगरपालिकामा मेयर ज्ञानेन्द्र सुबेदीले भने ‘त्यो ब्यापारलाई हामी अन्त्य गर्ने गरी बिभिन्न योजना सचालन गरिएको छ ।’ कम्पुटर तथा पुस्तकालय सहितको पठन पाठन गर्ने गरी योजना बनाउन थालेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले बालबिकास केन्द्रमा अध्यनरत बिद्यार्थीलाई १५ लाख खाजा खर्च छुटयाईएको छ ।बिद्यार्थीको आकर्षण बढाउन बिपन्न परिवारका बालबालिकालाई बिद्यालय पोशाक, झोला, खाजा, पुस्तक, जुत्ता लगायतका सामाग्रीहरु दिन थालेको कार्यालयले छ । साना साना वालवालिकालाई खाजाको समेत ब्यबस्था नगरपालिकाले गर्न थालेको छ ।
उत्कृष्ट पठन पाठन गर्ने दुईवटा बिद्यालयलाई समेत समान गरीने बेलबारी नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद दाहालले बताए ।

4,965 total views, 2 views today

तपाईको प्रतिक्रिया