बेलबारी, माेरङ/ बेलबारी कला तथा साहित्य महाेत्सव २०७५ बिभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ  ।

दशाैँ गणतन्त्र दिवशकाे सन्द्रर्भ पारेर आयोजना  गरिएकाे सो कला तथा साहित्य महाेत्सव दुईदिनसम्म चलेको थियोे ।जेठ ११ र १२ गते दुईदिनसम्म चलेेेको  महाेत्सवमा चित्रकला प्रदर्शनी, गजल साँझ र बृहत् साहित्यिक गाेष्ठी लगायतका विविध कार्यक्रमहरु गरिएको अायाेजकले जनाएकाे छ ।

दर्शककाे उल्लेख्य सहभागिता रहेकाे साे कला तथा साहित्यिक महाेत्सवमा नेपाल लगायत भारतकाे दार्जेलिङबाट पनि स्रष्टाहरकाे सहभागिता  थियाे । महोत्सव कार्यक्रममा प्राज्ञ उपेन्द्र पागल, साहित्यकार एवम् बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुली, साहित्यकारहरु मिश्र वैजयन्ती, देवि पन्थी, प्रा डा गाेपाल खतिवडा, नेपाल ललितकला प्रतिष्ठानका चित्रकला विभागका रामगाेपाल अाशुताेष अादिकाे सहभागिता थियाे ।

महोत्सवको पहिलो दिन बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी प्रमुख अतिथी थिए भने दोस्रो दिन केन्द्रीय सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीलेे  बृहत् साहित्य  गाेष्ठीकाे उद्घाटन गरेका थिए ।

पहिलो दिन उद्घाटनपछि दाेश्राे सत्रकाे कार्यक्रममा चित्रकला प्रदर्शनीका साथै विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागितामा बालसाहित्य तथा प्रतिभा कार्यक्रम प्रस्तुत गरिएको थियो  ।

बेलबारी कला तथा साहित्य महाेत्सव २०७५ काे दाेश्राे तथा अन्तिम दिन पुस्तक – पत्रिका बिमोचन तथा बृहत  साहित्य गाेष्ठी गरिएको थियोे ।

प्रमुख अतिथि संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रबिन्द्र अधिकारीले  शनिबार बेलबारी साहित्य विकास समितिले प्रकाशनमा ल्याएकाे साहित्यिक पत्रिका “निगुराे” र कवि गणेश लामा अाशुंकाे कविता ‘अाँसुका फूल’काे विमाेचन पनि गरेका थिए ।

कला तथा साहित्य महाेत्सव २०७५ काे दाेश्राे दिनको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री अधिकारीले  देशविदेशबाट बेलबारीमा भेला भएका साहित्यकाहरुलाई शुभकामना दिए । प्रदेश नं ३ का प्रतिनिधसभा सदस्य भानुभक्त ढकालले राज्यले विभिन्न भाषा संस्कृतिकाे जगेर्नामा सहयाेग गर्ने अाश्वासन दिए ।

माेरङ क्षेत्रन ३ का प्रतिनिधिसभा सांसद भानुभक्त ढकाल, प्रदेशसधा सदस्य राजकुमार अाेझा, बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी, वरिष्ट गजलकार बूँद राना, साहित्यकार एवम् पूर्व सांसद हर्कमान तामाङ लगायतको सहभागिता रहेको  थियाे । यद्यपी महोत्सवबारे स्थानीय क्षेत्रमा रहेका धेरै  सञ्चारकर्मीले निमन्त्रणा नपाएकोले  मिडियामा भने महोत्सवले धेरै चर्चा पाएन  ।  – केशु बिरही

19,215 total views, 7 views today

तपाईको प्रतिक्रिया